भक्तपुरबाट ९५ थान अक्सिजन सिलिण्डर संकलन « Khabarhub

भक्तपुरबाट ९५ थान अक्सिजन सिलिण्डर संकलन


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर प्रहरीले जिल्लाभरबाट ९५ थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । जसमध्ये २० वटा भरिएको र ७५ वटा खाली रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

संकलन भएका अक्सिजन सिलिन्डर सबै अस्पताललाई हस्तान्तरणसमेत गरिसकिएको उनले बताए । उनका अनुसार भक्तपुर अस्पताललाई भरिएको ५ र खाली ५० वटा गरी ५५ वटा उपलब्ध गराइएको छ । मध्यपुर थिमि नपास्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई २५ वटा खाली अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ ।

त्यस्तै मध्यपुर थिमि नपाकै भक्तपुर इन्टरनेसनल अस्पताललाई भरिएको १२ वटा अक्सिजन सिलिन्डर उपलब्ध गराएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । उक्त अवस्थामा अक्सिजन अभाव हुँदा केही दिनअघि दुईजना कोरोना भाइरस संक्रमितले ज्यान गुमाउनुपरेको थियो ।

प्रहरी नायब उपरीक्षक गिरीले बाँकी ३ वटा भरिएको अक्सिजन सिलिन्डर ललितपुरस्थित अल्का अस्पताललाई उपलब्ध गराइएको बताए ।पछिल्लो समय नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढिरहेको छ । जसले गर्दा देशभरका अस्पतालमा शय्यासँगै अक्सिजनको अभाव बढेको छ । सोही अभाव हटाउन केही मद्दत पुग्ने गरी भक्तपुर प्रहरीले गैरस्वास्थ्य क्षेत्रमा रहेका अक्सिजन सिलिन्डर संकलन थालिएको जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ३ : ०० बजे

दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव 

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा

बैतडीका १७८ जनाले घरमै पाए राहदानी

बैतडी– सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी

वाग्मती सफाइ अभियान : आज चार मेट्रिकटन नकुहिने फोहर संकलन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

ढोरपाटनमा पुगे ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ– ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको

ग्यास अभावबारे उद्योगमन्त्री यादवले गरिन् स्थलगत अनुगमन

काठमाडौं – बजारमा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेपछि