राजीनामा बुझाउन गएका एमाले नेता नेपालसँग पौडेल र नेम्वाङ छलफलमा « Khabarhub

राजीनामा बुझाउन गएका एमाले नेता नेपालसँग पौडेल र नेम्वाङ छलफलमा


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजीनामा बुझाउन संघीय संसद सचिवालयमा पुगेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग विष्णु पौडेल र सुवास नेम्वाङले छलफल शुरु गरेका छन् ।

संघीय संसद सचिवालयमा सांसदबाटै राजीनामा दिनका लागि पुगेको भएपनि अन्तिम समयमा नेताहरु पौडेल र नेम्वाङले गोप्य कोठामा लगेको तर छलफलका बारेमा कुनै जानकारी नदिइएको सांसद विरोध खतिवडाले जानकारी दिए ।

उनले भने,‘वरिष्ठ नेता माधवकुमार नेपाललाई अपहरणकै शैलीमा संसद सचिवालयको भवन नम्बर २ को कुन कोठामा राखेर छलफल भएको सुनेका छौं । तर के छलफल भयो भनेर हामीलाई जानकारी गराइएको छैन ।’

सांसद खतिवडाले वरिष्ठ नेता नेपालसँगको छलफल सकिएपछि राजीनामा दिने विषयमा आवश्यक निर्णय गर्ने समेत जानकारी दिए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ४ : २५ बजे

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)