नेपालमा थप ८८ कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

नेपालमा थप ८८ कोरोना संक्रमितको मृत्यु


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

त्यसैगरी थप ३६ जना मृतकको विवरण समेत गरी आज मात्रै ८८ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितले ज्यान गुमाएका हुन् भने अन्य ३६ जना मृतकको विवरण पनि २४ घण्टामै प्राप्त भएको हो ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारमा थप ३६ मृतकको विवरण प्राप्त भएको हो ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ७२० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तो छ मन्त्रालयको विवरण

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : ४२ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र