अत्यावश्यक गाडी मर्मतका लागि सिप्रदीले ल्यायो टोल फ्री नम्बर « Khabarhub

अत्यावश्यक गाडी मर्मतका लागि सिप्रदीले ल्यायो टोल फ्री नम्बर


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आपत्कालीन समयमा कुनै पनि ठाउँमा आकस्मिक गाडी मर्मत गर्न परेमा सिप्रदीले सेवा दिने भएको छ ।

अब, गाडीहरूको मर्मत, पार्टपुर्जा, इन्जिन आयल वा ब्याट्री सम्बन्धी सेवा चाहिएमा, सिप्रदीको टोल फ्री नम्बरमा सम्पर्क गर्न सकिने छ।

वर्तमान अवस्थामा देशभरि प्रतिदिन बढ्दो कोभिड१९ को दोस्रो लहर सङ्क्रमणको रोकथाम गर्न विभिन्न जिल्ला प्रशासन कार्यालयहरूबाट अति आवश्यक गतिविधि बाहेक सम्पूर्ण क्रियाकलापहरू निषेध गरी जारी गरिएको आदेशलाई ध्यानमा राख्दै सिप्रदीको सबै शाखाहरू पनि बन्द भएका छन्।

तर, पनि राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सवारी साधनहरूलाई कुनै पनि किसिमको आकस्मिक मर्मत सेवा सिप्रदीले दिइरहेको छ। हाल सिप्रदीबाट एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारीसाधनहरूलाई सेवा मिलिरहेको छ।

कुनै पनि सेवा चाहिएमा १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिने छ। यसका साथै अन्य जानकारीको लागि सिप्रदीको २४ विभिन्न स्थानबाट सेवाका लागि परिचालित हाम्रा डेडिकेटेड अधिकारीहरूलाई फोन सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

‘आफ्ना ग्राहक, कर्मचारी, डिलर, रिटेलर, प्राविधिक र समुदायको सुरक्षाका निम्ति सदैव सजग छ र जस्तोसुकै विषम परिस्थितिमा सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरूप हामी सेवा प्रदान गर्न तत्पर छौँ।’ सिप्रदीको विज्ञप्तिमा उल्लेख गरिएको छ।

साथै अब सिप्रदीका ग्राहकहरूले सिप्रदी एप्स डाउनलोड गरेर पनि सर्भिस बुकिङ गर्न सक्ने छन्।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : ०४ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा