अत्यावश्यक गाडी मर्मतका लागि सिप्रदीले ल्यायो टोल फ्री नम्बर « Khabarhub

अत्यावश्यक गाडी मर्मतका लागि सिप्रदीले ल्यायो टोल फ्री नम्बर


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आपत्कालीन समयमा कुनै पनि ठाउँमा आकस्मिक गाडी मर्मत गर्न परेमा सिप्रदीले सेवा दिने भएको छ ।

अब, गाडीहरूको मर्मत, पार्टपुर्जा, इन्जिन आयल वा ब्याट्री सम्बन्धी सेवा चाहिएमा, सिप्रदीको टोल फ्री नम्बरमा सम्पर्क गर्न सकिने छ।

वर्तमान अवस्थामा देशभरि प्रतिदिन बढ्दो कोभिड१९ को दोस्रो लहर सङ्क्रमणको रोकथाम गर्न विभिन्न जिल्ला प्रशासन कार्यालयहरूबाट अति आवश्यक गतिविधि बाहेक सम्पूर्ण क्रियाकलापहरू निषेध गरी जारी गरिएको आदेशलाई ध्यानमा राख्दै सिप्रदीको सबै शाखाहरू पनि बन्द भएका छन्।

तर, पनि राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सवारी साधनहरूलाई कुनै पनि किसिमको आकस्मिक मर्मत सेवा सिप्रदीले दिइरहेको छ। हाल सिप्रदीबाट एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारीसाधनहरूलाई सेवा मिलिरहेको छ।

कुनै पनि सेवा चाहिएमा १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिने छ। यसका साथै अन्य जानकारीको लागि सिप्रदीको २४ विभिन्न स्थानबाट सेवाका लागि परिचालित हाम्रा डेडिकेटेड अधिकारीहरूलाई फोन सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

‘आफ्ना ग्राहक, कर्मचारी, डिलर, रिटेलर, प्राविधिक र समुदायको सुरक्षाका निम्ति सदैव सजग छ र जस्तोसुकै विषम परिस्थितिमा सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरूप हामी सेवा प्रदान गर्न तत्पर छौँ।’ सिप्रदीको विज्ञप्तिमा उल्लेख गरिएको छ।

साथै अब सिप्रदीका ग्राहकहरूले सिप्रदी एप्स डाउनलोड गरेर पनि सर्भिस बुकिङ गर्न सक्ने छन्।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : ०४ बजे

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग