काठमाडौँ– संसद सचिवालयले सोमबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
सचिवलायले सार्वजनिक गरेको कार्यसूची अनुसार सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा राष्ट्रपति विद्यादेवी भणडारीले संसद अधिवेशन आह्वान गर्न लेखेको पत्र पढेर सुनाउने तथा सभामुख अग्नि सापकोटाले बैठकको अध्यक्षता गर्ने सांसदहरुको मनोनय गर्नेछन्।
सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतको प्रस्ताव राख्ने छन्।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजका लागि राष्ट्रपति भण्डारीले विशेष अधिवेशनको आह्वान गरेकी थिइन्।
सम्भावित कार्यसूची














प्रतिक्रिया