भारतको उत्तरप्रदेशमा दुर्घटना हुँदा १७ जनाको मृत्यु « Khabarhub

भारतको उत्तरप्रदेशमा दुर्घटना हुँदा १७ जनाको मृत्यु


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । कानपुरमा गएराति यात्रुबस र लोडर ठोक्किँदा भएको दुर्घटनामा थप १० जना घाइते छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार लखनउबाट दिल्लीका लागि छुटेको बस र लोडर जुधेका हुन् । मृत्यु हुनेहरु धेरैजसो लोडरमा सवार मजदुर छन् । घाइतेको कानपुर र इलाहाबादका अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु हुनेका परिवारलाई प्रदेश सरकारले दुई-दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मृतकका प्रति परिवारलाई दुई-दुई लाख रुपैयाँ दिने र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ९ : ३० बजे

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान

देउवा उद्‌घाटन सत्रमा आउँदैछन् भनेर झुटो प्रचार भइरहेको छ : महत

 काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवा कांग्रेस संस्थापन

कहिले आउँदैछ ‘जिरो डिग्री’ ?, घोडामाथि विजयको अनौठो अवतार

काठमाडौं– फिल्मको नाम ‘जिरो डिग्री’, पोस्टरमा घोडामाथि सवार अभिनेता विजय