प्रदेश–२ मा मन्त्रालय फुटाएर मन्त्रिमण्डल विस्तारको तयारी « Khabarhub

प्रदेश–२ मा मन्त्रालय फुटाएर मन्त्रिमण्डल विस्तारको तयारी

कांग्रेस र माओवादीसँग सत्ता सहकार्य हुने


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ सरकारले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई आज सरकारमा सहभागी गराउने तयारी गरेको छ ।

सत्ता सहकार्यको लागि आज दुबै दलसँग छलफलमा जुट्दैछन् । तत्कालीन राजपाका चार मन्त्रीलाई बर्खास्त गरेपछि मन्त्रिमण्डल विस्तारमा गर्न मुख्यमन्त्री लालबाबु राउतलाई सकस थियो ।

प्रदेश २ सरकारले ६ वटा मन्त्रालय टुक्रयाएर १० वटा मन्त्रालय बनाएर सत्ता सहकार्य गर्ने अन्तिम चरणमा पुगेको हो । कांग्रेस र माओवादीसँग आज छलफल गरी सहमति पत्रमा हस्ताक्षर गर्ने आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

‘६ वटा मन्त्रालयलाई १० वटा बनाउने हाम्रो पूर्वयोजना नै थियो । त्यसै अनुरुप आजको बैठकबाट १० वटा बनाउने तयारी भएको हो,’ उनले भने, ‘तर कुन कुन मन्त्रालय फुटाउने भन्ने विषय बैठकले नै टुंग्याउने छ ।’

कांग्रेस र माओवादीलाई सत्तामा ल्याउन सरकारले विभिन्न चरणमा दुवै पार्टीसँग छलफल तथा वार्ता जारी राखेको छ । तर वार्ता र छलफल जारी रहँदा पनि निष्कर्षविहीन हुने गरेको थियो ।

दुबै दलले बढी मन्त्रालय माग गरेको कारण सत्ता सहकार्यमा सकस भएको थियो ।

कांग्रेसलाई तीन र माओवादी दुई वटा मन्त्रालय दिने तयारी भएको छ । भौतिक मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग तथा पर्यटन र आर्थिक मामिला तथा कानुन मन्त्रालयलाई टुक्राएर दुई–दुई वटा मन्त्रालय बनाउन लागेको हो ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १० : १३ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग