मेस्सीको उत्कृष्ट प्रदर्शनका बाबजुद बराबरीमा रोकियो अर्जेन्टिना | Khabarhub Khabarhub

मेस्सीको उत्कृष्ट प्रदर्शनका बाबजुद बराबरीमा रोकियो अर्जेन्टिना


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कप्तान लियोनल मेस्सीले उत्कृष्ट प्रदर्शन गरे पनि फिफा विश्वकप छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

कोलम्बियाविरुद्ध सुरुवाती ८ मिनेटमा दुई गोलको अग्रता लिएको अर्जेन्टिना त्यसलाई जोगाउन नसक्दा अंक बाढ्न बाध्य भयो ।

खेलको तेस्रो मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । आठौँ मिनेटमा लिन्ड्रो डानिल पारेडेसले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए ।

तर, खेलेको ५१ मिनेटमा लुइस मुरीएलले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा मिगुएल बोर्जाले गोल गर्दै कोलम्बियालाई २-२ गोलको बराबरीमा फर्काए ।

यस बराबरीसँगै अर्जेन्टिनाले ६ खेलमा १२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । कोलम्बिया ६ खेलमा ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १२ : १० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर