‘सुनसरी इनरुवा’मा रोमान्टिक रामकृष्ण र रिमा « Khabarhub

‘सुनसरी इनरुवा’मा रोमान्टिक रामकृष्ण र रिमा


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सुनसरी सदरमुकाम इनरुवाको पर्यटकीय प्रवद्र्धन गर्ने उद्देश्यका साथ गायक, संगीतकार तथा रचनाकार उमेश रेग्मीले डेढ दशक अघि नै आफ्नो गृहनगर इनरुवाप्रति समर्पित गर्दै ‘सुनसरी इनरुवा’ एलबम बजारमा ल्याएका थिए । त्यहि एल्बमको शीर्ष गीतको रिमेक गरी अहिले नयाँ भर्सनमा सार्वजनिक गरिएको छ ।

उमेशको शब्द र संगीत रहेको रिमेक भर्सनमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर छ । गीतका शब्दहरुमा इनरुवा र आसपासका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुको वर्णनसँगै माया–प्रेमका भावना व्यक्त गरिएको छ ।

गायक रामकृष्ण र अभिनेत्री तथा मोडल रिमा विश्वकर्मा अभिनित भिडियोमा इनरुवा बजारसहित रामधुनी, देवीथान, लाटी माई, कंश मरण लगायतका मठ मन्दिरहरुको दृश्य समवेश गरिएको छ ।

युवराज वाइबाको निर्देशन रहेको भिडियोमा निलास पौडेलको छायांकन र विकास दाहालको सम्पादन छ । गीतको एरेञ्ज महाराज थापाले गरेका हुन् ।

गोत्र इन्टरटेनमेन्ट च्यानलबाट भिडियो सार्वजनिक भएको हो । हाल अमेरिकामा रहेका उमेशले एकपछि अर्को नयाँ गीत सार्वजनिक गरिरहेका छन् ।

यसअघि उनको ‘एक्का बास्सा मिस्सी’, ‘वैशाख नि बित्यो’ बोलको गीतको भिडियो बजारमा आएको थियो । उमेशकै सङ्गीत र टीका प्रसाईंको स्वरमा रहेको गीत ‘मेरो याद’ को भिडियो पनि सार्वजनिक भएको थियो । यो गीतमा उमेशले पनि टीकालाई स्वरमा साथ दिएका थिए ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १ : ४५ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा