‘सुनसरी इनरुवा’मा रोमान्टिक रामकृष्ण र रिमा « Khabarhub

‘सुनसरी इनरुवा’मा रोमान्टिक रामकृष्ण र रिमा


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सुनसरी सदरमुकाम इनरुवाको पर्यटकीय प्रवद्र्धन गर्ने उद्देश्यका साथ गायक, संगीतकार तथा रचनाकार उमेश रेग्मीले डेढ दशक अघि नै आफ्नो गृहनगर इनरुवाप्रति समर्पित गर्दै ‘सुनसरी इनरुवा’ एलबम बजारमा ल्याएका थिए । त्यहि एल्बमको शीर्ष गीतको रिमेक गरी अहिले नयाँ भर्सनमा सार्वजनिक गरिएको छ ।

उमेशको शब्द र संगीत रहेको रिमेक भर्सनमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर छ । गीतका शब्दहरुमा इनरुवा र आसपासका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुको वर्णनसँगै माया–प्रेमका भावना व्यक्त गरिएको छ ।

गायक रामकृष्ण र अभिनेत्री तथा मोडल रिमा विश्वकर्मा अभिनित भिडियोमा इनरुवा बजारसहित रामधुनी, देवीथान, लाटी माई, कंश मरण लगायतका मठ मन्दिरहरुको दृश्य समवेश गरिएको छ ।

युवराज वाइबाको निर्देशन रहेको भिडियोमा निलास पौडेलको छायांकन र विकास दाहालको सम्पादन छ । गीतको एरेञ्ज महाराज थापाले गरेका हुन् ।

गोत्र इन्टरटेनमेन्ट च्यानलबाट भिडियो सार्वजनिक भएको हो । हाल अमेरिकामा रहेका उमेशले एकपछि अर्को नयाँ गीत सार्वजनिक गरिरहेका छन् ।

यसअघि उनको ‘एक्का बास्सा मिस्सी’, ‘वैशाख नि बित्यो’ बोलको गीतको भिडियो बजारमा आएको थियो । उमेशकै सङ्गीत र टीका प्रसाईंको स्वरमा रहेको गीत ‘मेरो याद’ को भिडियो पनि सार्वजनिक भएको थियो । यो गीतमा उमेशले पनि टीकालाई स्वरमा साथ दिएका थिए ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १ : ४५ बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले