क्यान्सर प्रतिष्ठानको स्वायत्ततामा कांग्रेसको जोड « Khabarhub

क्यान्सर प्रतिष्ठानको स्वायत्ततामा कांग्रेसको जोड


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले बजेटमा ल्याइएको क्यान्सर संस्थानको अवधारणामार्फत तीन स्थापित क्यान्सर अस्पतालको स्वायत्ततामाथि सरोकार पक्षले गम्भीर प्रश्न उठाइसक्दा पनि सरकारले राखेको मौनताप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

अर्बुद रोगको अध्ययन, अनुसन्धान र उपचारलाई राज्यले थप व्यवस्थित, प्रोत्साहन र बढावा दिन जरुरी रहेको जनाउँदै कांग्रेसले त्यसका लागि स्थापित स्वास्थ प्रतिष्ठान भरपर्दो आधार भएको जनाएको छ ।

विसं २०४६ को परिवर्तनपछि कांग्रेसको नीति र नेतृत्वमा स्वदेशी र वैदेशिक सहयोगमा स्थापित र विकसित केही क्यान्सर अस्पताल मुलुकमा छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी समयानुकूल तिनको क्षमता विस्तार गर्ने र तीमार्फत नवीन अनुसन्धानमा सहजीकरण गर्ने कर्तव्य राज्यको भएको जनाउँदै सक्षम प्रतिष्ठानलाई नै अध्ययन र अनुसन्धानका लागि प्रोत्साहन र सशक्तीकरण गर्ने योजना उपयुक्त हुने बताएका छन् ।

कांग्रेसले भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संस्थान मातहतमा ल्याउनेबारे गहिरो अध्ययन, विज्ञ परामर्श र सरोकार पक्षसँग छलफलपछि मात्रै उचित विकल्पको निष्कर्ष टुंगो गरिनुपर्ने जनाउँदै यस्तो संवेदनशील विषय हाल यथास्थितिमा राख्न सरकारसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ३ : ३५ बजे

अनलाइन घोटालाविरुद्ध वैश्विक पहल

बैङ्कक– अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर

कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारिस

अर्घाखाँची– नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

अमेरिकाले स्थगित गर्‍यो डीभी कार्यक्रम

काठमाडौं- अमेरिकाले डाइभर्सिटी भिजा (डीभी) कार्यक्रम स्थगित गरेको छ ।