क्यान्सर प्रतिष्ठानको स्वायत्ततामा कांग्रेसको जोड « Khabarhub

क्यान्सर प्रतिष्ठानको स्वायत्ततामा कांग्रेसको जोड


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले बजेटमा ल्याइएको क्यान्सर संस्थानको अवधारणामार्फत तीन स्थापित क्यान्सर अस्पतालको स्वायत्ततामाथि सरोकार पक्षले गम्भीर प्रश्न उठाइसक्दा पनि सरकारले राखेको मौनताप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

अर्बुद रोगको अध्ययन, अनुसन्धान र उपचारलाई राज्यले थप व्यवस्थित, प्रोत्साहन र बढावा दिन जरुरी रहेको जनाउँदै कांग्रेसले त्यसका लागि स्थापित स्वास्थ प्रतिष्ठान भरपर्दो आधार भएको जनाएको छ ।

विसं २०४६ को परिवर्तनपछि कांग्रेसको नीति र नेतृत्वमा स्वदेशी र वैदेशिक सहयोगमा स्थापित र विकसित केही क्यान्सर अस्पताल मुलुकमा छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी समयानुकूल तिनको क्षमता विस्तार गर्ने र तीमार्फत नवीन अनुसन्धानमा सहजीकरण गर्ने कर्तव्य राज्यको भएको जनाउँदै सक्षम प्रतिष्ठानलाई नै अध्ययन र अनुसन्धानका लागि प्रोत्साहन र सशक्तीकरण गर्ने योजना उपयुक्त हुने बताएका छन् ।

कांग्रेसले भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संस्थान मातहतमा ल्याउनेबारे गहिरो अध्ययन, विज्ञ परामर्श र सरोकार पक्षसँग छलफलपछि मात्रै उचित विकल्पको निष्कर्ष टुंगो गरिनुपर्ने जनाउँदै यस्तो संवेदनशील विषय हाल यथास्थितिमा राख्न सरकारसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ३ : ३५ बजे

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै