दुई अधिवक्ताको बहसपछि न्यायाधीशहरु आन्तरिक छलफलमा « Khabarhub

दुई अधिवक्ताको बहसपछि न्यायाधीशहरु आन्तरिक छलफलमा


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा दुईजना कानुन व्यवसायीको बहस सुनेपछि न्यायाधीशहरू आन्तरिक छलफलमा बसेका छन् ।

विपक्षी गठबन्धनले दायर गरेको रिट निवेदनमा वरिष्ठ अधिवक्ता शम्भु थापा र वरिष्ठ अधिवक्ता महादेव यादवले बहस सकेपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

बहसको शुरूमै अभिवक्ता थापालाई न्यायाधीश ईश्वरप्रसाद खतिवडाले सोधेका थिए, ‘अन्तरिम आदेश पनि माग्नुभएको छ, अन्तरिम आदेश दिने आधार के छ ?’ जसमा थापाले विश्वासको मत नै नलिएका प्रधानमन्त्रीले विघटन गर्नै नपाउनेसहितका आधारहरू प्रस्तुत गरेका थिए ।

थापा र यादवको बहसपछि बहस रोकेर प्रधानन्यायाधीश र चारजना न्यायाधीश आन्तरिक छलफलमा जुटेका हुन् । आन्तरिक छलफल पछि पुनः बहस शुरु हुनेछ । अन्तरिक छलफलपछि अन्तरिम आदेश दिने नदिनेबारे निर्णय हुनसक्ने बताइएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका तत्कालीन नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसहित १४६ निवर्तमान सांसदले संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको माग गर्दै रिट दायर गरेका हुन् ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  २ : ३८ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग