बेरोजगारीले कंगनालाई कर तिर्न सकस « Khabarhub

बेरोजगारीले कंगनालाई कर तिर्न सकस


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)–बलिउड अभिनेत्री कंगना रनावत आफ्नो बेतुकका कुराले जहिल्यै विवाद र चर्चामा आउछिन् । आफ्नो कामलाई सही साबित गर्न होस् या कसैको समर्थन वा विरोध गर्न होस्, उनी कुनै पनि काम गर्न पछि हट्दिनन् ।

हालैमात्र उनले आफूलाई सबैभन्दा बढी कर तिर्ने अभिनेत्री भएको दाबी गरिन् । यद्यपि उनले आफू केही महिना यता बेरोजगार रहेको र त्यहीकारण आधा वर्षको कर तिर्न नपाएको खुलासा गरेकी छन् ।

उनले आफ्नो इन्स्टाग्राममा काम नहुँदाको पीडालाई पोखेकी छन् । ‘म सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटीमा चिनिन्छु । मेरो कमाइको ४५ प्रतिशत हिस्सा करका रुपमा सरकारलाई तिर्छु । तर अहिले काम नपाएपछि आधा वर्षको कर तिर्न पाएकी छैन । कर तिर्न ६ महिना ढिलाई भएको सम्भवतः मेरो जीवनमा पहिलोपटक हो । तर सरकार मेरो तिर्न बाँकी करमा व्याज लगाइरहेको छ । म यो कामको स्वागत गर्दछु ’, उनले लेखेकी छन् ।

सामाजिक सञ्जालमा धेरै छाएपछि गत हालैमात्र ट्वीटरले उनको एकाउन्ट सस्पेण्ड गरिदिएको थियो । ट्वीटर सस्पेण्ड भएपछि उनी इन्स्टाग्राम र स्वदेशी एप ‘कू’मा सक्रिय छिन् ।

कामको कुरा गर्दा कंगना ‘थलाइवी’, ‘धाकड’ र ‘तेजस’ मा देखिँदैछिन् ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ४ : ०९ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,