आज दोहोरो अंकले घट्यो नेप्से, १६ अर्ब ९९ करोडको कारोबार « Khabarhub

आज दोहोरो अंकले घट्यो नेप्से, १६ अर्ब ९९ करोडको कारोबार


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको तेस्रो दिन बुधबार (आज) शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ। बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.५६ अंकले घटेर २९४६.५८ विन्दुमा कायम भएको छ।

यसअघि मंगलबार (हिजो) नेप्से सबैभन्दा उच्च विन्दुमा पुगेको थियो । आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.८३ अंकले घटेर ५२५.२८ विन्दुमा कायम भएको छ। नेप्सेमा आज कूल १६ अर्ब ९९ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज अरुणभ्याली हाइड्रो पावर कम्पनीको शेयर कारोबार सबैभन्दा बढी ८७ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीलगायत ९ कम्पनीको शेयर मूल्य करिब सर्किट ब्रेक लाग्ने अवस्थामा पुगेर कारोबार बन्द भएको छ । युनाइटेड मर्दी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ९.८८ प्रतिशतका दरले गुमाएका छन्।

आज फाइनान्स, जीवन बिमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बिमा र व्यापार समूहको परिसूचक बढ्दा बाँकी सबै समूहका परिसूचक घटेका छन्।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ६ : १६ बजे

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले