संसद विघटन मुद्दामा बहसका लागि १५ घण्टाको समय निर्धारण, 'एमीकस क्युरी' झिकाउन आदेश (आदेशसहित) | Khabarhub Khabarhub

संसद विघटन मुद्दामा बहसका लागि १५ घण्टाको समय निर्धारण, ‘एमीकस क्युरी’ झिकाउन आदेश (आदेशसहित)


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले बहसका लागि दुवै पक्षलाई अधिकतम १५–१५ घण्टाको समय निर्धारण गरेको छ ।

बुधबार बसेको संवैधानिक इजलासले दुवै पक्षको बहस सकिने गरी १५–१५ घण्टाको समय निर्धारण गरेको हो । रिट निवेदक पक्षले शुरूमा १२ घण्टा र प्रत्युत्तर बहसका लागि ३ घण्टा गरी १५ घण्टा समय पाउनेछन् । त्यस्तै विपक्षी सरकारका तर्फबाट पनि बहसका लागि १५ घण्टा समय पाउने भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले बहसका लागि समय निर्धारण गरेको हो ।

साथै, अदालतको सहयोगीका रुपमा उपस्थित हुने कानुन व्यवसायीका लागि जनही आधा घण्टाका दरले चारजनालाई कूल दुई घण्टा मात्र बहसका लागि समय प्रदान गर्ने उल्लेख छ ।

इजलासले संसद विघटनविरुद्धको मुद्दामा ४ जना एमिकस क्युरी (अदालतको सहयोगी) पनि माग गरेको छ । नेपाल बार एशोसिएसनबाट २ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना गरी चार जना माग गरिएको छ । एमिकस क्युरीका एक जनाले बढीमा आधा घण्टा गरी दुई घण्टा बहस गर्न पाउनेछन् ।

प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासले प्रत्यर्थी कानुन व्यवसायी र सरकारी वकिललाई असार १० गतेभित्र लिखित बहस नोट बुझाउन पनि आदेश दिएको छ ।

यसअघि गत पुसमा भएको संसद विघटनसम्बन्धी रिटमा पनि सर्वोच्च अदालतले एमिकस क्युरी माग गरेको थियो ।

हेर्नुहोस् आदेश

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ६ : ३८ बजे

वीरगंजमा करेन्ट लागेर एक जनाको मृत्यु

पर्सा– वीरगंज महानगरपालिका-३२ चोर्नी परसवास्थित नारायणी स्टिल कारखानामा बट व्यालडिङ्ग मेसिनमा काम

कर्णाली जनताको बलिदानबाट जन्मेको प्रदेश हो : प्रदेश प्रमुख जोशी

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले यहाँका जनताको त्याग र

भरुवा बन्दुकसहित एक जना पक्राउ

डडेल्धुरा– आलिताल गाउँपालिका-४ रज्यौडा बस्ने दीपक सिजालीलाई भरुवा बन्दुक १ थानसहित

लिपुलेक अतिक्रमण गरेको भारतसँग चीनको हातेमालो

काठमाडौँ – भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकबाट व्यापारिक नाका

झापाका सुधार केन्द्रमा आठ सयभन्दा बढी युवा

झापा–  लागूऔषधको दुर्व्यसनमा फसेका आठ सय ४५ युवा झापाका विभिन्न