पर्यटनमन्त्री अरगरियाद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन « Khabarhub

पर्यटनमन्त्री अरगरियाद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।

बुधबार विमानस्थल पुगेर मन्त्री अरगरियाले विमानस्थलको संरचना र सुधारका लागि भएका प्रयास बारेमा जानकारी लिए । त्यस्तै उनले विमानस्थलको रन वे र पार्किङ क्षेत्रको पनि निरक्षण गरेका छन् ।

विमानस्थलको आगमन र प्रस्थान स्थलका साथै शौचालयलगायत समग्र सरसफाइका बारेमा पनि उनले चासो व्यक्त गरे । अनुगमनका क्रममा मन्त्री अरगरियाले यात्रुहरुलाई सहज हुने गरी व्यवस्थापनलाई चूस्तदुरुस्त राख्न निर्देशन दिए ।

विमानस्थल पहिलेको भन्दै धेरै नै सुधार भएको भन्दै उनले केही कमीकमजोरीलाई पनि समाधान गर्दै अघि बढ्ने धारणा राखे । उनले सरसफाइका लागि पनि २४ घण्टा नै जनशक्ति व्यवस्थापन गरिने जानकारी दिए ।

उनले विमानस्थलको समग्र सुधार र व्यवस्थापनका लागि मन्त्रालयले कार्ययोजना नै बनाएर अघि बढ्ने जानकारी दिए ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ८ : ०३ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष