प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट सहभागी तीन मन्त्रीले लिए शपथ « Khabarhub

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट सहभागी तीन मन्त्रीले लिए शपथ

भागबण्डा नमिल्दा माओवादी केन्द्र सहभागी भएन


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश नम्बर २ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका ३ जना मन्त्री थप गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख राजेश अहिराजसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख अहिराजले नवनियुक्त मन्त्रीहरुलाई ईश्वरको नाममा सपथ खुवाउदा उनीहरुले जनताको नाममा शपथ लिएका थिए । मुख्यमन्त्री राउत र काँग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच भएको सहमति अनुसार कांग्रेका तीन जना मन्त्री सरकारमा सहभागी भएका हुन् ।

कांग्रेसबाट यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह मन्त्री बनेका छन् ।

कांग्रेस संसदीय दलका नेता समेत रहेका यादव भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । यसैगरी शर्माले खानेपानी तथा सिँचाई र सिंहले महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाएका छन् ।

यता माओवादी केन्द्र भने भागबण्डा नमिलेपछि सरकारमा सहभागी भएन । माओवादीले २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएपछि रुष्ट भएको हो ।

माओवादी केन्द्रका सांसद जगत यादवले सामाजिक सञ्जालमार्फत पार्टी सरकारमा सहभागी नहुने जानकारी गराएका हुन्।

जसपाका उपेन्द्र यादव र राउत पक्षले सरकारबाट ठाकुर–महतो पक्षका चार मन्त्री पदमुक्त गरेपछि कांग्रेसलाई सरकारमा सहभागी गराइएको हो ।

यस्तो छ पत्र

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १० : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै