आफ्नै भतिजीसँग विवाह गर्ने लेखक आन्द्रेई जिद « Khabarhub

आफ्नै भतिजीसँग विवाह गर्ने लेखक आन्द्रेई जिद


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वविख्यात साहित्यकार आन्द्रेई जिद साहित्यका सबै विधामा उत्तिकै सुन्दर ढङ्गले कलम चलाएर नोबेल पुरस्कार जित्ने लेखक हुन् ।

यिनले साहित्यका उपन्यास, नाटक, जीवनी, समालोचना, आत्मकथा, यात्रासंस्मरण विधाका दुई दर्जभन्दा बढ्ता कृतिहरु विश्व वाङ्मयलाई प्रदान गरेर अविष्मरणीय गुन लगाएका छन् ।

उनले आफ्ना कृतिहरुमा पात्रहरुको स्वानुभूतिको जीवनन्त प्रस्तुतिलाई मुख्य रुपमा महत्व प्रदान गरेका छन् । आफ्ना रचनाबाट उनले नैतिक आदर्शको खेतीमात्र गरेनन्, साहित्यमा कलात्मक सौन्दर्यको प्रकटीकरणमा बढी ध्यान दिए । जीवनका वास्तविकताहरुलाई कुनै पाखण्डका बर्का नओढाइ बाहिर उतारिदिन्थे ।

उनको बेजोड साहित्य लेखनले सन् १९४७ को नोबेल पुरस्कार पाएका यी लेखकको जन्म सन् १८६९ मा फ्रान्सको राजधानी पेरिसमा भएको थियो । यिनी एक शिक्षित परिवारमा जन्मेका थिए । यिनका पिताजी पेरिस विश्वविद्यालयमा कानुनका प्रोफेसर थिए । तर दुःखको कुरा यिनी आठ वर्षको हुँदा नहुँदै पिताजीको मृत्यु भयो । बाबु मरे पनि आमाको ममतामयि काखमा हुर्किए । स्कुल पढ्दै खेरी साथीहरुको सङ्गतले साहित्यतिर लहसिँदै गए ।

उनले पहिलोचोटि चौबीसवर्षको उमेरमा अफ्रिका भ्रमणमा गए । यो भ्रमणले यिनको साहित्यलेखनको अन्तर्दृष्टिलाई ज्यादै फराकिलो बनाइदियो । तेह्र वर्षको उमेरमा आफ्नी भतिजीसित प्रेमजालमा परेका यिनले पच्चीस वर्षको उमेरमा उसैसित विवाह गरे ।

हामी नेपालीहरुको संस्कृतिसँग बेमेल राख्ने घटना भए पनि उनीहरुको समाज र संस्कृतिले यसलाई सहज रुपमा लिइदियो । फेरि यिनले आफू समलिङ्गी भएको कुराले खुल्ला रुपमा स्वीकारे । यसै कारण यिनको नैतिक चरित्रमा प्रश्न उठ्यो । जसले गर्दा अलि छिटो पाउने नोबेल पुरस्कार ढिलो पाए ।

यिनले समाजका निम्न तहका मानिसहरुका आवाज र आकांक्षालाई साहित्यको माध्यमबाट मुखरित गरिदिए । एकसमय यिनले आफूलाई कम्युनिष्ट (बामपन्थी) घोषणा गरेर विवादित बन्ने काम पनि गरे । दोस्रो विश्वयुद्धको अन्ततिर उनी उत्तर अफ्रिकामा स्वनिर्वासित जीवन बिताए र युद्धको अन्त्य भएपछि फेरि पेरिस फर्केर आए । लेखेरै चर्चित र सम्मानित भएका यी लेखकको निधन सन् १९५१ मा पेरिसमा भयो ।

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ५ : १६ बजे

सुनचाँदीको मूल्य पनि घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन

 लुम्बिनीमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी– लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण क्रमशः

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ– प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा पनि

डिजिटल कार्ड कार्यान्वयन गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवन– जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गर्दै विभिन्न