काठमाडौँको ठमेलबाट ५ जना चिनियाँ जुवाडे पक्राउ « Khabarhub

काठमाडौँको ठमेलबाट ५ जना चिनियाँ जुवाडे पक्राउ


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको ठमेलस्थित एक होटलबाट जुवा खेलिरहेका पाँच जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बुधबार राति करिब १० बजे ठमेल जेपी मोडमा चिनियाँ नागरिकहरु जुवातास र सट्टाबाजी खेलिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो ।

महानरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार ठमेल जेपी मोडस्थित चिनियाँ नागरिक सिआयोलङले सञ्चालन गरेको सियाङ होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सिआयोलङसहित पी. चुआन, हु वेनबिन, ही फुयु र लि सिआओ तोङ रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट १ लाख २३ हजार नेपाली रुपैयाँ जुवातास खेल्न प्रयोग गरेको बिद्युतिय टेबल, जुवातास खेल्न प्रयोग हुने चाइनिज भाषा माजुङ भनिने प्लाष्टिकको गोटी, तास लगायत सामान समेत बरामद गरेको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ७ : २२ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)