अमेरिकाले भूल गर्‍यो, अफगानिस्तानमा दुर्घटना हुन सक्छ | Khabarhub Khabarhub

अमेरिकाले भूल गर्‍यो, अफगानिस्तानमा दुर्घटना हुन सक्छ


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गत शुक्रबार अफगानिस्तानको बाग्राम एयर बेसमा रहेको अमेरिकी सेनाको अन्तिम समूहले त्यो स्थान छाडेको छ, जुन कुनै समय हजारौँ अमेरिकी सेनाको निवास थियो ।

यसका साथै नाटोका ७ हजार जनाको समूह पनि त्यहाँबाट बाहिरिने छ । यसका अलावा अफगान हवाई सेनाको हेलिकोप्टर र विमान मर्मतको संवेदनशील काममा रहेका ६ हजार अमेरिकी ठेकेदारहरू पनि बाहिरिनेछन् । अफगान सरकारलाई तालिवान सेनाको सामना गर्ने जिम्मा छाडेर काबुलमा रहेको अमेरिकी दूतावासमा रहेका ६५० सेना मात्र अब त्यहाँ रहने भएका छन् ।

गत शनिवारको न्यु योर्क टाइम्समा एउटा शीर्षक ‘२० वर्षको युद्धको समाप्तिसँगै अमेरिकी सेनाको अन्तिम समूहले अफगानिस्तान बेस छाड्यो’ लेखिएको थियो । अमेरिकी सेनाले त्यो स्थान छाडेर शान्ति स्थापनामा सहयोग पुगेको छ भन्ने गलत सन्देश त्यो शीर्षकले दिएको छ ।

यथार्थमा अफगानमा युद्ध बढ्ने सम्भावना देखिएको छ । त्यसो त त्यहाँ रहेको अमेरिकी सेनाका कमान्डर जनरल अस्टिन ‘स्कट’ मिलरले मङ्गलबार सार्वजनिक रूपमै अफगानिस्तानले विनाशकारी गृहयुद्धको सामना गर्न सक्ने बताइसकेका छन् ।

अमेरिकी सेना फर्कनु अफगानिस्तानमा आफ्नो नियन्त्रण बढाउँदै जाने लामो समयदेखिको प्रतिक्षामा रहेको तालिवानका लागि एउटा जित थियो । अफगानिस्तानका ४२१ जिल्लामध्ये एक चौथाइभन्दा बढी अहिले नै तालिवानको नियन्त्रणमा छन् । अमेरिकी इन्टेलिजेन्सको समूहले अमेरिकी सेनाले त्यो ठाउँ छाडेको ६ महिनामा अफगानिस्तानको अस्तित्व नै सङ्कटमा पर्न सक्ने निष्कर्ष निकालेको छ ।

फ्रान्सेली स्टेट्सम्यान चार्ल्स माउरिस डे टेलेरियान्डका अनुसार ‘यो अपराधभन्दा पनि खराब हो, यो महाभुल हो ।’

तर यस खालका भयङ्कर गल्ती लामो समय देखिभइरहेको थियो । जर्ज डब्ल्यु बुसदेखि हरेक राष्ट्रपतिहरू अफगानिस्तानमा अमेरिकी सेनाको भूमिका कम गराउन या उनीहरूलाई त्यहाँबाट बाहिर निकाल्न प्रयास गरिरहेका थिए ।

अफगानिस्तानलाई हेर्ने अस्थिर अमेरिकी दृष्टिकोण मात्र स्थिर रह्यो । आधा दशकदेखि अफगानिस्तानबाट फिर्ता हुने विषयमा ह्वाइट हाउसबाट धेरै प्रचारात्मक कुरा भए । साथै, वर्षौंसम्म तीनै तालिवानहरूसँग व्यर्थको शान्ति वार्ता भयो, जसले युद्धको मैदानमै जित्दाभन्दा बढी टेबलमा सम्झौता गरेर पाए । यो सहमति पूर्णरूपमा प्रजातान्त्रिक रूपमा निर्वाचित अफगान सरकारको भूमिकाविना नै भएको थियो ।
र अहिले युद्धको २० वर्षपछि अमेरिकाले अफगानिस्तानलाई शुरूवातकै समझदारीको विन्दुमा छाडेको छ । जसले तालिवान अफगानिस्तानको धेरै भागमा नियन्त्रण गर्न तयार देखिन्छ ।

अमेरिकाको अपरम्परागत युद्धमध्ये सबैभन्दा ठूलो जित यो पनि थियो । तर शासन उखेल्न भन्दा कठिन शान्ति स्थापन गर्नु हो जुन पाठ अमेरिकाले सन् २००३ मा इराकमा (बुसकै कार्यकाल) र त्यसपछि फेरि लिबियामा सन् २०११ (यस पटक ओबामा) मा सिकेको थियो ।

‘९/११ (सेप्टेम्बर ११)’ घटनाका केही समयपछि बुस प्रशासनले अमेरिकामाथि आक्रमणको योजना बुन्ने अलक्वेदाका नेताहरूलाई नियन्त्रणमा राख्न अमेरिकी विशेष फोर्स र सीआईए अफिसर्सको सानो समूह अफगानिस्तान पठाएको थियो । यसले विशाल अमेरिकी हवाई शक्तिको साथ पाउँदै अफगान सेनासँग समन्वय गरेपछि तीन महिनामै तालिवान शक्ति ढलेको थियो ।

अमेरिकाको अपरम्परागत युद्धमध्ये सबैभन्दा ठूलो जित यो पनि थियो । तर शासन उखेल्न भन्दा कठिन शान्ति स्थापन गर्नु हो जुन पाठ अमेरिकाले सन् २००३ मा इराकमा (बुसकै कार्यकाल) र त्यसपछि फेरि लिबियामा सन् २०११ (यस पटक ओबामा) मा सिकेको थियो ।

मङ्गलबार निधन भएका अमेरिकी रक्षा सचिव डोनाल्ड रम्सफेल्ड तालिवानलाई उखेलेपछि अफगनिस्तानमा सानो पाइला राख्न चाहन्थे । अमेरिकाले सुरुवातमा अफगानिस्तानमा पठाएको सैन्य समूह दोस्रो विश्वयुद्धपछि यसरी पठाएको सैन्य समूहमध्ये शान्ति स्थापनामा पठाएको सबैभन्दा सानो समूह थियो ।

यसअघि नै रम्सफेल्ड यसका लागि इराकमा पनि काम गर्न तय गरिएका थिए । सन् २००१ को डिसेम्बर १२ कै दिन अलक्वेदाका नेता ओसामा बिन लादेन पूर्वी अफगानिस्तानको तोरा बोराको लडाइँबाट बचेपछि तयार पारिएको इराक आक्रमणको योजनाबारे रप्सफेल्ड सूचित गराइएका थिए ।

तालिवानहरू अफगानिस्तानमा फेरी सङ्गठित हुँदैछन् भन्ने २००७ बाटै प्रस्ट थियो । त्यहाँ आत्मघाती बम विस्फोट गराएर महामारी नै निम्त्याइएको थियो । त्यसपछि, बारा ओबामाले कार्यालय राखेपछि युद्धले सही दिशा लिएको थियो । ठिक उल्टो, गलत व्याख्या गरिएको इराकको युद्ध भने खराब बाटोमा गइरहेको थियो ।

सन् २००९ को डिसेम्बर १ मा ओबामाले न्यु योर्क वेस्ट प्वाइन्टमा रहेको यूएस मिलिटरी एकेडेमीमा गएर महत्ववपूर्ण सम्बोधन गरेका थिए । त्यहीँ उनले ३० हजार जना थप सैनिक अफगानिस्तान पठाउने घोषणा गरेका थिए । तर सञ्चारमाध्यमले ती सैनिक सन २०११ को मध्यमा फिर्ता गराउने कुरामा आफूलाई केन्द्रित गरे ।

तालिवानले ओबामाको भाषणको सेना थप गर्ने भन्दा फिर्ता हुने समयलाई प्राथमिकताका साथ लिए । दोस्रो कार्यकालको अन्त्य हुँदै गर्दै ओबामालाई अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने विषयमा गम्भीरतापूर्वक ध्यानाकर्षण गराइयो । अन्त्यमा उनले अमेरिका युद्धबाट टाढा हट्ने प्रतिज्ञा गर्न पुगे ।

डोनाल्ड ट्रम्पको कार्यालयमा पहिलो वर्षको सबैभन्दा विवादित विदेश नीति अफगानिस्तानकै बारे थियो । एकातर्फ ट्रम्पका प्रमुख रणनीतिकार स्टेभ बानन सहितको ‘अमेरिका फस्ट’ क्याम्प रहेको थियो, जसले अमेरिकी सेना फिर्ता बोलाउन चाहन्थ्यो ।

तर, २०११ मा इराकबाट अमेरिकी सेना फिर्ता भएपछिको असफलता प्रस्ट भइसकेको थियो, जहाँ उपराष्ट्रपति जो बाइडेनले सबै नियालेका थिए । अफगानिस्तानबाट सेना हटाउने विषयमा छलफल गर्दा यसलाई नजरअन्दाज गरियो ।

त्यसले इराकमा के भयो भने एउटा भ्याक्युम पैदा गर्न पुग्यो जसले इस्लामिक स्टेट (आईएसआईएस) लाई उठायो र कोही पनि अफगनिस्तानमा यही कुरा दोहरियोस् भन्ने चाहँदैन थियो ।

जब ओबामाले सेना फिर्ता गर्ने चाहना राखे, यसले उनका उत्तराधिकारी डोनाल्ड ट्रम्पका लागि नयाँ जुक्ति निकाल्न या लचक हुनका लागि केही ठाउँ छाडेको थियो । आफ्नो कार्यकाल केही महिना बाँकी रहँदा ओबामाले ८४ हजार सैनिक अफगानिस्तानमा रहने घोषणा गरेका थिए ।

डोनाल्ड ट्रम्पको कार्यालयमा पहिलो वर्षको सबैभन्दा विवादित विदेश नीति अफगानिस्तानकै बारे थियो । एकातर्फ ट्रम्पका प्रमुख रणनीतिकार स्टेभ बानन सहितको ‘अमेरिका फस्ट’ क्याम्प रहेको थियो, जसले अमेरिकी सेना फिर्ता बोलाउन चाहन्थ्यो ।

अर्कोतर्फ राष्ट्रिय सुरक्षा सल्लाहकार लेफ्टिनेन्ट जनरल एच आर म्याकमास्टर थिए जसले अफगानिस्तानबाट अमेरिकी सैनिक बढाउनु तालिवानको जित रोक्न हो र अफगानिस्तानलई अलक्वेदा र अन्य जिहादी समूहका लागि ठाउँ उपलव्ध गराउनु हो भन्ने विश्वास राख्थे ।
ट्रम्प अफगानिस्तानमा व्यर्थको प्रयास भइरहेको ठान्थे ।

सन् २०१७ को अन्त्य सम्ममा अफगानिस्तानमा अमेरिकी सैनिकको संख्या बढेर १४ हजार पुगेको थियो । तर, यो निर्णयमा ट्रम्प आफैँले असहज महसुस गरेका थिए । उनले कार्यकालको अन्तिम महिनाको आसपास २०२० को क्रिसमससम्म अमेरिकी सेनाले अफगानिस्तान छाड्ने घोषणा गरे ।

त्यो प्रतिबद्धताले अफगान सेनाको नैतिक बलमा वृद्धि गर्ने थियो । तालिवानका लागि उसले सामना गरिसकेको अमेरिकी सेना फेरि उपस्थित हुने सम्भावना देख्थे ।

त्यो समयसीमा आएर पनि कटिसक्दा कम्तीमा २ हजार ५०० सैनिक थिए । यसैबीच ट्रम्प प्रशासनले तालिवानसँग मे २०२१ मा सबै सैनिक हटाउने गरी सम्झौता गरेको थियो ।

अन्ततः बाइडेनको निर्णयसँगै अफगानिस्तानबाट अमेरिकी सैनिक पूर्ण रूपमा हट्ने भएको छ ।

यसलाई अर्को ढङ्गबाट पनि हेर्न सकिन्छ कि ? हुनसक्छ, कैयौँ हजारौँ अमेरिकी सेना देशमा राखेर आतङ्ककारी विरुद्धको अपरेसनमा केन्द्रित हुँदै अफगान सेनलाई सहयोग गर्दै ‘गो लाइट एन्ड गो लङ’ को नीति अफगानिस्तानको हकमा लिन सकिन्थ्यो । त्यो राजनीतिक र आर्थिक रूपले टिकाउपूर्ण हुन्थ्यो जबकि अमेरिकाले अफगानिस्तानमा लामो समय रहने कुरामा जोड दिएको थियो ।

त्यो प्रतिबद्धताले अफगान सेनाको नैतिक बलमा वृद्धि गर्ने थियो । तालिवानका लागि उसले सामना गरिसकेको अमेरिकी सेना फेरि उपस्थित हुने सम्भावना देख्थे ।

अहिले बाइडेनले त्यही गरे जुन दुई पूर्वराष्ट्रपतिले गम्भीरतापूर्वक लिएका थिए । यसको सम्भाव्य नतिजा भनेको अफगानिस्तान ओरालो लाग्दै गृहयुद्धको बाटोमा जानेछ र अब आउने अराजक अवस्थामा संसारका प्रत्येक जिहादी आतङ्ककारी समूहले दरिलो आधार पाउने छन् ।

(पिटर बर्गेन सीएनएनका पत्रकार तथा सुरक्षा विशेषज्ञ हुन् । उनले १९९७ मा ओसामा बिन लादेनसँग अन्तर्वार्ता गरेका थिए । पश्चिमा सञ्चारमाध्यममा बिन लादेनको त्यो पहिलो अन्तरवार्ता थियो । सिएनएनमा ४ जुलाईमा प्रकाशित उनको यो लेख खबरहबका लागि मनोज घिमिरेले भावानुवाद गरेका हुन् ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ८ : ०७ बजे

लगानी सम्मेलनलक्षित ऐन संशोधन अध्यादेशको कांग्रेसद्वारा विरोध

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगानी सम्मेलन लक्षित ऐन

वेस्ट इन्डिज ‘ए’ का कार्टिले गुमाए विकेट

काठमाडौं- नेपालले वेस्ट इन्डिज ए विरुद्ध चौथो सफलता हासिल गरेको छ

उसुमा दीपक हमालले बनाए कीर्तिमान 

काठमाडौं– चीनमा भइरहेको अन्तर्राष्ट्रिय उसु प्रतिस्पर्धामा नेपालले तीनवटा कास्य पदक

इलाम-२ मा रास्वपा उम्मेदवार लिम्बूद्वारा आचारसंहिता उल्लङ्घन

इलाम – इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, ‘ब्रेक थ्रू’ को तयारी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको