भारतद्वारा चीनमा उत्पादित ताररहित उपकरण आयातमा रोक | Khabarhub Khabarhub

भारतद्वारा चीनमा उत्पादित ताररहित उपकरण आयातमा रोक


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले चीनमा उत्पादित ताररहित उपकरणहरु आयातमा रोक लगाएको छ ।

भारत सरकारले चीनमा उत्पादित ब्लुटुथ स्पिकर, ताररहित इयरफोन, स्मार्टफोन, स्मार्टवाच, ल्यापटप जस्ता तारहित उपकरणहरु आयातमा रोक लगाएको हो ।

भारतले यस्ता सामाग्री आयातका विषयमा निर्णय रोकेर चीनमा उत्पादित विद्युतीय ताररहित उपकरणमा रोक लगाउन चाहको विश्लेषण गरिएके छ ।

भारत सरकारले यस विषयमा निर्णय नगरेर चीनमा उत्पादित सिओमी, ओप्पो, भिभो, लिनोभो जस्ता विद्युतीय उपकरणहरु बजारमा प्रक्षेपण हुन ढिलाई भइरहेको छ ।

भारतमा सुचना मन्त्रालय अन्तर्गत वायरलेस प्लानिङ एण्ड कोअर्डिनेसन ( डब्लुपीसी )विभागले गत नोभेम्बर यता यस्ता उपकरण आयातको विषय स्वीकृत गर्न रोकिरहेको छ ।

डब्लुपीसीले यस विषयमा निर्णय नगरेका कारण ८० वटा भन्दा धेरै अमेरिकी, चिनियाँ तथा कोरियाली आवेदनहरु रोकिएका छन् ।

सरकारले यस विषयमा औद्योगिक समूह तथा व्यात्तिगत कम्पनीहरुको प्रतिनिधित्वलाई सम्बोधन गर्न बाँकी नै रहेको बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारमा आएपछि भारतले आर्थिक आत्मनिर्भरतामा जोड दिँदै चीनबाट हुने आयातविरुद्ध कठोर नीति अपनाउँदै आएको छ । स्रोत- अल जजिरा

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १० : ०१ बजे

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई

रुसी सेनामा रहेका नेपालीको संख्या अझै यकिन भएको छैन : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरूको