भारतद्वारा चीनमा उत्पादित ताररहित उपकरण आयातमा रोक « Khabarhub

भारतद्वारा चीनमा उत्पादित ताररहित उपकरण आयातमा रोक


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले चीनमा उत्पादित ताररहित उपकरणहरु आयातमा रोक लगाएको छ ।

भारत सरकारले चीनमा उत्पादित ब्लुटुथ स्पिकर, ताररहित इयरफोन, स्मार्टफोन, स्मार्टवाच, ल्यापटप जस्ता तारहित उपकरणहरु आयातमा रोक लगाएको हो ।

भारतले यस्ता सामाग्री आयातका विषयमा निर्णय रोकेर चीनमा उत्पादित विद्युतीय ताररहित उपकरणमा रोक लगाउन चाहको विश्लेषण गरिएके छ ।

भारत सरकारले यस विषयमा निर्णय नगरेर चीनमा उत्पादित सिओमी, ओप्पो, भिभो, लिनोभो जस्ता विद्युतीय उपकरणहरु बजारमा प्रक्षेपण हुन ढिलाई भइरहेको छ ।

भारतमा सुचना मन्त्रालय अन्तर्गत वायरलेस प्लानिङ एण्ड कोअर्डिनेसन ( डब्लुपीसी )विभागले गत नोभेम्बर यता यस्ता उपकरण आयातको विषय स्वीकृत गर्न रोकिरहेको छ ।

डब्लुपीसीले यस विषयमा निर्णय नगरेका कारण ८० वटा भन्दा धेरै अमेरिकी, चिनियाँ तथा कोरियाली आवेदनहरु रोकिएका छन् ।

सरकारले यस विषयमा औद्योगिक समूह तथा व्यात्तिगत कम्पनीहरुको प्रतिनिधित्वलाई सम्बोधन गर्न बाँकी नै रहेको बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारमा आएपछि भारतले आर्थिक आत्मनिर्भरतामा जोड दिँदै चीनबाट हुने आयातविरुद्ध कठोर नीति अपनाउँदै आएको छ । स्रोत- अल जजिरा

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १० : ०१ बजे

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला