अबैधरूपमा केराउ र स्याउ लोड गरेका १ ट्रक र २ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा « Khabarhub

अबैधरूपमा केराउ र स्याउ लोड गरेका १ ट्रक र २ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अबैधरूपमा केराउ र स्याउ लोड गरेका २ वटा ट्याक्टर र १ वटा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार सूचनाका आधारमा पर्साको बीरगञ्ज महानगरपालिका –१९ मा बीरगञ्जबाट बहुअरी गाउँतर्फ जाँदैगरेका २ वटा ट्रयाक्टरलाई जाँच गर्दा अबैध रुपमा राखिएको सामान भेटिएपछि ट्याक्टर र ट्रक नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओम प्रकाश खनालका अनुसार चालक भने चेकजाँचका क्रममा फरार भएका थिए । डीएसपी खनालका अनुसार ना१ त ७०४५ नम्बरको को ट्रयाक्टरमा स्याउ ४,००० केजी र ना.४ त८५६२ नम्बरको ट्रयाक्टरमा केराउ ६,००० केजी लोड गरिएको भेटिएको थियो ।

त्यस्तै प्रहरीले बीरगञ्जको घण्टाघरबाट खुद्रा सामान बोकी बीरगञ्जबाट नारायणघाटतर्फ जाँदैगरेको जय बजरंग बली ट्रान्सपोर्टको ना २ ख ८६१७ नम्बरको ट्रक समेत नियन्त्रणमा लिएको छ ।

थप अनुसन्धानका लागि ट्याक्टर र ट्रक राजश्व कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १० : १५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका