हुम्लामा प्रभावकारी बन्दै अनलाइन कक्षा | Khabarhub Khabarhub

हुम्लामा प्रभावकारी बन्दै अनलाइन कक्षा


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट–हुम्लाको सदरमुकाम सिमकोटस्थित कैलाश बोधि स्कुलले शुरु गरेको अनलाइन कक्षा प्रभावकारी देखिएको छ ।

लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठनपाठन नियमित गर्न पहिलोपटक विद्यालयले अनलाइनबाट पठनपाठन सञ्चालन गर्ने गरेका हुन् ।

कोरोनाको कारण नयाँ शैक्षिक सत्र शुरु भए पनि पठनपाठन नभएको बेला वैकल्पिक माध्यम अनलाइनबाट कक्षा ५ देखि ८ सम्मको पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक छवाङ लामाले बताए ।

विद्यालयले यही असार १५ गतेबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेपछि केही दिनयता अनलाइन कक्षाबाट नियमित पढाइ शुरु गरिएको बताइएको छ । ।

शुरुका दिनमा हरेक अनलाइन कक्षामा दुई÷तीन विद्यार्थी मात्र सहभागी भए पनि त्यो सङ्ख्या हाल १५ जनासम्म पुगेको छ । प्रधानाध्यापक लामाका अनुसार अनलाइनबाट अङ्ग्रेजी, नेपाली, गणित र विज्ञान विषय पठनपाठन भइरहेको छ ।

अनलाइन कक्षाको प्रभावकारिता बढ्दै गएको र इन्टरनेटले राम्रो काम गर्दै गएको खण्डमा सबै कक्षा सञ्चालन गर्ने सोच राखिएको उनले बताए ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १ : ५५ बजे

विश्वकप छनोट : जर्मनीले स्लोभाकियालाई ६-० ले हरायो

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले स्लोभाकियामाथि

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौं– प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको

फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिउ मास्ने बेच्ने र

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

बागलुङ– दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । २०७७ सालदेखि

राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन