राम्रोलाई राम्रो भन्दा अलेक्जेन्डरले लज्जित हुनुपर्‍यो « Khabarhub

राम्रोलाई राम्रो भन्दा अलेक्जेन्डरले लज्जित हुनुपर्‍यो


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक अलेक्जेन्डरले एक प्रख्यात चित्रकारलाई बोलाएर आफ्नो घोडाको चित्र बनाउन भने । चित्रकारले धेरै परिश्रम गरेर घोडाको चित्र बनाए ।

चित्र देखेर अलेक्जेन्डर मुग्ध त भए, तर आफ्नो अहंकारका कारण चित्रकारको प्रशंसा गरेनन्, बरु ती चित्रका अनेकौँ कमजोरी निकाल्न थाले ।

उनको नियम बुझेर चित्रकारले भने— महाराज, तपाईं चित्रको गुण–दोषको आँकलनका लागि आफ्नो घोडालाई जिम्मा दिनुस् ।

तुरुन्त घोडा ल्याइयो । चित्र देखेर घोडा हिन्हिनाउन थाल्यो ।

अलेक्जेन्डरले सोधे— यो घोडा किन हिन्हिनाइरहेको छ ?

चित्रकारले भने— महाराज, तपाईंमा भन्दा तपाईंको घोडालाई कलाको धेरै ज्ञान रहेछ । चित्रमा भएको घोडालाई आफूजस्तै अर्को घोडा सम्झेर दौडनका लागि बेचैन हुँदै हिन्हिनाएको हो । मेरो कलाको सजीवताको यो सबैभन्दा ठूलो प्रमाण हो ।

सुनेर अलेक्जेन्डर लज्जित भए ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट

 

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १ : २६ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब