राम्रोलाई राम्रो भन्दा अलेक्जेन्डरले लज्जित हुनुपर्‍यो « Khabarhub

राम्रोलाई राम्रो भन्दा अलेक्जेन्डरले लज्जित हुनुपर्‍यो


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक अलेक्जेन्डरले एक प्रख्यात चित्रकारलाई बोलाएर आफ्नो घोडाको चित्र बनाउन भने । चित्रकारले धेरै परिश्रम गरेर घोडाको चित्र बनाए ।

चित्र देखेर अलेक्जेन्डर मुग्ध त भए, तर आफ्नो अहंकारका कारण चित्रकारको प्रशंसा गरेनन्, बरु ती चित्रका अनेकौँ कमजोरी निकाल्न थाले ।

उनको नियम बुझेर चित्रकारले भने— महाराज, तपाईं चित्रको गुण–दोषको आँकलनका लागि आफ्नो घोडालाई जिम्मा दिनुस् ।

तुरुन्त घोडा ल्याइयो । चित्र देखेर घोडा हिन्हिनाउन थाल्यो ।

अलेक्जेन्डरले सोधे— यो घोडा किन हिन्हिनाइरहेको छ ?

चित्रकारले भने— महाराज, तपाईंमा भन्दा तपाईंको घोडालाई कलाको धेरै ज्ञान रहेछ । चित्रमा भएको घोडालाई आफूजस्तै अर्को घोडा सम्झेर दौडनका लागि बेचैन हुँदै हिन्हिनाएको हो । मेरो कलाको सजीवताको यो सबैभन्दा ठूलो प्रमाण हो ।

सुनेर अलेक्जेन्डर लज्जित भए ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट

 

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १ : २६ बजे

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

पाटन– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘संसदीय सचेतना

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिंकर उत्पादन सुरु

बागमती– लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित