निगमका आन्दोलित कर्मचारीले जलाए प्रस्ताविक कम्पनीको प्रबन्धपत्र | Khabarhub Khabarhub

निगमका आन्दोलित कर्मचारीले जलाए प्रस्ताविक कम्पनीको प्रबन्धपत्र


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागिएको विरोधमा आन्दोलित कर्मचारीहरूले प्रबन्धपत्र जलाएका छन् ।

शुक्रबार कर्मचारीहरुले निगममा विरोध प्रदर्शन गर्दै प्रस्ताविक कम्पनीको प्रबन्धपत्र जलाएका हुन् ।

निगमका तीनवटा कर्मचारी संगठनले निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफूहरूको आन्दोलन जारी रहेको भन्दै आन्दोलनकै क्रममा प्रबन्धपत्र जलाएको बताए । उनीहरुले निगम निजीकरण बन्द गर, निगम बेच्न पाइँदैन, महाप्रबन्धक राजीनामा दे लगायतका प्लेकार्ड प्रर्दशन गर्दै नाराबाजी गरेका थिए ।

कर्मचारीहरुले निगमलाई धरासयी बनाउँदै निजीकरण गर्न लागेको भन्दै महाप्रबन्धक डिमप्रकाश पौडेलको राजीनामा समेत माग गरेका छन् ।

उनीहरुले निगमलाई निजीकरण गर्न निगमको सम्पत्तिको कम मूल्यांकन गरेको र निगम बेच्ने रणनीति बनाएको आरोप लगाएका छन् । कर्मचारीको निरन्तरको आन्दोलनले निगम परिसर अस्तव्यस्त देखिएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ४ : १९ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले