निगमका आन्दोलित कर्मचारीले जलाए प्रस्ताविक कम्पनीको प्रबन्धपत्र « Khabarhub

निगमका आन्दोलित कर्मचारीले जलाए प्रस्ताविक कम्पनीको प्रबन्धपत्र


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागिएको विरोधमा आन्दोलित कर्मचारीहरूले प्रबन्धपत्र जलाएका छन् ।

शुक्रबार कर्मचारीहरुले निगममा विरोध प्रदर्शन गर्दै प्रस्ताविक कम्पनीको प्रबन्धपत्र जलाएका हुन् ।

निगमका तीनवटा कर्मचारी संगठनले निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफूहरूको आन्दोलन जारी रहेको भन्दै आन्दोलनकै क्रममा प्रबन्धपत्र जलाएको बताए । उनीहरुले निगम निजीकरण बन्द गर, निगम बेच्न पाइँदैन, महाप्रबन्धक राजीनामा दे लगायतका प्लेकार्ड प्रर्दशन गर्दै नाराबाजी गरेका थिए ।

कर्मचारीहरुले निगमलाई धरासयी बनाउँदै निजीकरण गर्न लागेको भन्दै महाप्रबन्धक डिमप्रकाश पौडेलको राजीनामा समेत माग गरेका छन् ।

उनीहरुले निगमलाई निजीकरण गर्न निगमको सम्पत्तिको कम मूल्यांकन गरेको र निगम बेच्ने रणनीति बनाएको आरोप लगाएका छन् । कर्मचारीको निरन्तरको आन्दोलनले निगम परिसर अस्तव्यस्त देखिएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ४ : १९ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)