कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै « Khabarhub

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै प्रचार गर्न पाउने भएका छन्।

शुक्रबार विज्ञप्ति प्रकाशित गरी कांग्रेसले डिजिटल तथा प्रविधिमैत्री प्रचारप्रसार मात्र अनुमति दिइएको जानकारी दिएको हो।

‘उम्मेदवारहरूले आफ्ना एजेण्डा र उम्मेदवारी सम्बन्धी विवरण केवल डिजिटल माध्यम (सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यम)बाट मात्र’ सम्प्रेषण गर्न सक्ने कांग्रेसले जनाएको छ।

कांग्रेसले तडकभडक र भड्किलो प्रचारप्रसारमा पूर्ण रोक लगाएको छ। विपद्पछिको परिस्थितिलाई सम्मान गर्दै महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन जुनसुकै प्रकारका भड्किला प्रचार अभियानहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ।

प्रिन्ट तथा भौतिक प्रचार सामग्रीमा पूर्ण प्रतिबन्ध लगाइएको सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

महाधिवेशन स्थल तथा आसपासका कुनै पनि क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेट वा अन्य कुनै पनि प्रकारका प्रिन्टेड प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

महाधिवेशन स्थल बाहिर प्रचारप्रसार गर्न नपाइने भएको छ। महाधिवेशन स्थलको बाहिरी परिसर, सार्वजनिक सडक वा आसपासका क्षेत्रहरूमा कुनै पनि प्रकृतिका भौतिक प्रचार सामग्रीहरू राख्न वा प्रदर्शन गर्न सख्त मनाही गरिएको छ।

निर्वाचन आचारसंहिताको उल्लघंन भएमा नियमानुसार कारबाही हुने समेत कांग्रेसले जनाएको छ।

कांग्रेस महाधिवेशन यही असोज १८ गतेदेखि काठमाडौँमा हुँदै छ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ९ : ३८ बजे

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ