सत्तारुढ एमाले निकट अनेरास्ववियुको प्रदर्शन, ताजा जनादेशमा जान माग | Khabarhub Khabarhub

सत्तारुढ एमाले निकट अनेरास्ववियुको प्रदर्शन, ताजा जनादेशमा जान माग


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले मुलुकलाई निकास दिन ताजा जनादेश आवश्यक रहेको भन्दै प्रदर्शन गरेको छ ।

शुक्रबार काठमाडौँको प्रदर्शनीमार्गमा उनीहरुले लोकतन्त्रको रक्षाका लागि निर्वाचनको वातावरण बनाउन माग गर्दै प्रदर्शन गरेको हो ।

 

संवैधानिक सर्वोच्चता, दलीय व्यवस्थाको सुनिश्चितता गर्नुपर्ने भन्दै प्रदर्शनमा सहभागीहरुले नाराबाजी गरेका थिए। त्यस्तै राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध एकजुट बन्नुपर्ने र ताजा जनादेशको पक्षमा जनमत सिर्जना गर्नुपर्ने उनीहरुले बताएका छन् ।

निर्दलीयताको वकालत गरिरहेका दलहरुलाई प्रतिगमनको मतियार नबन्नका लागि खबरदारी गर्दै प्रदर्शन गरिएको अनेरास्ववियुका अध्यक्ष ऐन महरले बताए । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरु सडकमा आएको बताए ।

उनले लोकतन्त्र र संविधानमाथि हमला भइरहेको प्रति सबै जनतालाई सचेत गराउनुपर्ने धारणा राखे । निर्दलीय गठबन्धनले मुलुकलाई बन्धक बनाउने काम गरेको संगठनको आरोप छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ५ : २२ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौै- अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु