२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २३९ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि हिजो १ हजार ८७५ जना संक्रमित थपिएकोमा आज सो भन्दा केही बढेको पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार ६५७ जनाको पीसीआर परीक्षणबाट १ हजार ४७९ र ४ हजार ६५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७६० जना गरी जम्मा २ हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ३१६ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४,  उदयपुरमा ५, ओखलढुंगामा १, खोटाङमा ४,  झापामा १६२, धनकुटामा ७, ताप्लेजुङमा २,  भोजपुरमा ३, मोरङमा १२९, संखुवासभामा ४, सोलुखुम्बुमा १ र सुनसरीमा ८९ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १२, पर्सामा ४,  बारामा २, महोत्तरीमा ४, सप्तरीमा ८, रौतहटमा ४, सर्लाहीमा २ र सिरहामा ४ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा २६१, काभ्रेमा ३७, चितवनमा ६५, दोलखामा १६, धादिङमा ४०, नुवाकोटमा ४६, भक्तपुरमा ४५, मकवानपुरमा ८०, रसुवा ४, रामेछापमा २०, ललितपुरमा ७४, सिन्धुली ४ र सिन्धुपाल्चोकमा ८ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १०८, गोरखामा १२, तनहुँमा ५, नवलपरासी पूर्वमा १८, पर्वतमा ८, म्याग्दीमा ११, लमजुङमा ३, बागलुङमा १ र स्याङजामा ८ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३, गुल्मीमा ४, दाङमा १०, नवलपरासीमा ७, पाल्पामा ३०, प्युठानमा ३,  बर्दियामा १, बाँकेमा ३, रुकुमपूर्वमा १, रोल्पामा ३ र रुपन्देहीमा २१ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा ३, हुम्लामा १२, डोल्पामा २,  दैलेखमा ३ र सुर्खेतमा ३६ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २, कैलालीमा १, डडेल्धुरामा २ र डोटीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ५ : ०० बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण