२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २३९ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि हिजो १ हजार ८७५ जना संक्रमित थपिएकोमा आज सो भन्दा केही बढेको पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार ६५७ जनाको पीसीआर परीक्षणबाट १ हजार ४७९ र ४ हजार ६५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७६० जना गरी जम्मा २ हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ३१६ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४,  उदयपुरमा ५, ओखलढुंगामा १, खोटाङमा ४,  झापामा १६२, धनकुटामा ७, ताप्लेजुङमा २,  भोजपुरमा ३, मोरङमा १२९, संखुवासभामा ४, सोलुखुम्बुमा १ र सुनसरीमा ८९ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १२, पर्सामा ४,  बारामा २, महोत्तरीमा ४, सप्तरीमा ८, रौतहटमा ४, सर्लाहीमा २ र सिरहामा ४ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा २६१, काभ्रेमा ३७, चितवनमा ६५, दोलखामा १६, धादिङमा ४०, नुवाकोटमा ४६, भक्तपुरमा ४५, मकवानपुरमा ८०, रसुवा ४, रामेछापमा २०, ललितपुरमा ७४, सिन्धुली ४ र सिन्धुपाल्चोकमा ८ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १०८, गोरखामा १२, तनहुँमा ५, नवलपरासी पूर्वमा १८, पर्वतमा ८, म्याग्दीमा ११, लमजुङमा ३, बागलुङमा १ र स्याङजामा ८ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३, गुल्मीमा ४, दाङमा १०, नवलपरासीमा ७, पाल्पामा ३०, प्युठानमा ३,  बर्दियामा १, बाँकेमा ३, रुकुमपूर्वमा १, रोल्पामा ३ र रुपन्देहीमा २१ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा ३, हुम्लामा १२, डोल्पामा २,  दैलेखमा ३ र सुर्खेतमा ३६ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २, कैलालीमा १, डडेल्धुरामा २ र डोटीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ५ : ०० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड