एमाले कार्यदलले सहमतिको मस्यौदालाई अन्तिम रूप दिँदै « Khabarhub

एमाले कार्यदलले सहमतिको मस्यौदालाई अन्तिम रूप दिँदै


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको विवाद समाधान कार्यदलमा सहमतिका लागि तयार गरिएको मस्यौदालाई अन्तिम रुप दिन छलफल भइरहेको छ ।

कार्यदलको दुवै पक्ष शुक्रबार मध्याह्नदेखि सिंहदरबारमा सहमतिको मस्यौदामा छलफलमा जुटिरहेका छन् ।

बैठकबाट बाहिरिएका कार्यदल सदस्य रघुजी पन्तले मस्यौदामा दुवै पक्षको सुझाव समेटेर अन्तिम रुप दिने गृहकार्य भइरहेको जानकारी दिएका छन् ।

कार्यदलको मस्यौदाले अन्तिम रुप पाएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसमक्ष पेश गरिने उनले बताए । उनले आजै मस्यौदालाई अन्तिम रुप दिने प्रयास भइरहेको जानकारी दिए । पार्टीको एकतालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर केही बुँदामा थप धारणा राखेको र त्यसलाई समेटेर मस्यौदालाई अन्तिम रुप दिइने पन्तले बताए ।

त्यस्तै कार्यदलका सदस्य शंकर पोखरेलले सहमतिको प्रस्तावमाथि टुंगोमा पुग्नेगरी छलफल भइरहेको जानकारी दिए ।

एमालेको विवाद समाधानका लागि कार्यदल केही दिनदेखि निरन्तर छलफलमा छ । तर ठोस सहमति भने हुन सकेको छैन ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ६ : ५३ बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध