कांग्रेसको संस्थापन इतर समूहमा सभापतिको एकल उम्मेदवार बनाउन छलफल « Khabarhub

कांग्रेसको संस्थापन इतर समूहमा सभापतिको एकल उम्मेदवार बनाउन छलफल


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरूका बीचमा आफ्नो समूहबाट एकल उम्मेदवार बनाउने विषयमा छलफल शुरु भएको छ ।

आज काठमाडौँको पुरानो बानेश्वरमा भएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठकमा आफ्नो समूहबाट एकल उम्मेदवार बनाएर महाधिवेशनमा जाने विषयमा छलफल भएको हो । बैठकमा भएको छलफलबारे जानकारी दिँदै नेता अर्जुननरसिंह केसीले भने, ‘पार्टीभित्रको संस्थापन इतर पक्षका बीचमा पूर्वाग्रहीबाट मुक्त भएर एकजना नेतृत्व हुनुपर्छ भन्ने विषयमा छलफल भयो । एउटा उम्मेदवार बनाउने प्रयत्नअन्तर्गत प्रारम्भिक छलफल भएको हो ।’

छलफलका क्रममा इतर समूहबाट नेतृत्वको बारेमा छलफल नभएपनि एकल उम्मेदवारी दिने विषयमा छलफल भएको नेता केसीले जानकारी दिए । उनले आजको बैठकमा क्रियाशील सदस्यता वितरणमा देखिएको विवादसँगै राष्ट्रिय राजनीति र सर्वोच्चको फैसलापछि आउने सम्भावित परिदृष्यका बारेमा पनि छलफल भएको जानकारी दिए । उनले भने, ‘क्रियाशील सदस्यता वितरण र नविकरणमा देखिएको विवादसँगै राष्ट्रिय राजनीति र सर्वोच्चको फैसलापछि आउने सम्भावित परिदृष्यका बारेमा समेत छलफल भयो तर समग्र छलफलको केन्द्र भनेको १४ औं महाधिवेशनको विषय हो ।’

पार्टीलाई नेतामुखी नभएर नीतिमुखी बनाउनुपर्नेमा समेत इतर समूहको बैठकमा छलफल भएको नेता केसीले जानकारी दिए । बैठकमा कोरोना महामारी र बाढी पहिरोका कारण तोकिएको मितिमा महाधिवेशन हुनेमा आशंका व्यक्त भएको भएपनि विधानअनुसार कांग्रेसको महाधिवेशन तोकिएको मितिमा गर्नैपर्ने बाध्यता रहेकाले महाधिवेशन हुनुपर्ने विषयमा समेत छलफल भएको छ । छलफलबारे नेता केसीले भने, ‘महाधिवेशनको कुनै विकल्प छैन । विधानविपरित कांग्रेस जान मिल्दैन/सक्दैन । कोरोना र बाढीपहिरोका कारण महाधिवेशन हुनेमा आशंका छ तर महाधिवेशनको विकल्प छैन ।’

कांग्रेसको पौडेल समूहभित्र महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डाक्टर शेखर कोइरालासँगै अन्य नेताहरुले समेत आगामी महाधिवेशनमा सभापति पदमा दाबी गर्ने बताइसकेका छन् । यस्तोमा पौडेल समूहको बैठकमा एकल उम्मेदवार अघि सारेर महाधिवेशनमा जाने विषयमा छलफल शुरु भएको हो । आजको बैठकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समेत सहभागी थिए ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ७ : ५५ बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध