कांग्रेसको संस्थापन इतर समूहमा सभापतिको एकल उम्मेदवार बनाउन छलफल « Khabarhub

कांग्रेसको संस्थापन इतर समूहमा सभापतिको एकल उम्मेदवार बनाउन छलफल


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरूका बीचमा आफ्नो समूहबाट एकल उम्मेदवार बनाउने विषयमा छलफल शुरु भएको छ ।

आज काठमाडौँको पुरानो बानेश्वरमा भएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठकमा आफ्नो समूहबाट एकल उम्मेदवार बनाएर महाधिवेशनमा जाने विषयमा छलफल भएको हो । बैठकमा भएको छलफलबारे जानकारी दिँदै नेता अर्जुननरसिंह केसीले भने, ‘पार्टीभित्रको संस्थापन इतर पक्षका बीचमा पूर्वाग्रहीबाट मुक्त भएर एकजना नेतृत्व हुनुपर्छ भन्ने विषयमा छलफल भयो । एउटा उम्मेदवार बनाउने प्रयत्नअन्तर्गत प्रारम्भिक छलफल भएको हो ।’

छलफलका क्रममा इतर समूहबाट नेतृत्वको बारेमा छलफल नभएपनि एकल उम्मेदवारी दिने विषयमा छलफल भएको नेता केसीले जानकारी दिए । उनले आजको बैठकमा क्रियाशील सदस्यता वितरणमा देखिएको विवादसँगै राष्ट्रिय राजनीति र सर्वोच्चको फैसलापछि आउने सम्भावित परिदृष्यका बारेमा पनि छलफल भएको जानकारी दिए । उनले भने, ‘क्रियाशील सदस्यता वितरण र नविकरणमा देखिएको विवादसँगै राष्ट्रिय राजनीति र सर्वोच्चको फैसलापछि आउने सम्भावित परिदृष्यका बारेमा समेत छलफल भयो तर समग्र छलफलको केन्द्र भनेको १४ औं महाधिवेशनको विषय हो ।’

पार्टीलाई नेतामुखी नभएर नीतिमुखी बनाउनुपर्नेमा समेत इतर समूहको बैठकमा छलफल भएको नेता केसीले जानकारी दिए । बैठकमा कोरोना महामारी र बाढी पहिरोका कारण तोकिएको मितिमा महाधिवेशन हुनेमा आशंका व्यक्त भएको भएपनि विधानअनुसार कांग्रेसको महाधिवेशन तोकिएको मितिमा गर्नैपर्ने बाध्यता रहेकाले महाधिवेशन हुनुपर्ने विषयमा समेत छलफल भएको छ । छलफलबारे नेता केसीले भने, ‘महाधिवेशनको कुनै विकल्प छैन । विधानविपरित कांग्रेस जान मिल्दैन/सक्दैन । कोरोना र बाढीपहिरोका कारण महाधिवेशन हुनेमा आशंका छ तर महाधिवेशनको विकल्प छैन ।’

कांग्रेसको पौडेल समूहभित्र महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डाक्टर शेखर कोइरालासँगै अन्य नेताहरुले समेत आगामी महाधिवेशनमा सभापति पदमा दाबी गर्ने बताइसकेका छन् । यस्तोमा पौडेल समूहको बैठकमा एकल उम्मेदवार अघि सारेर महाधिवेशनमा जाने विषयमा छलफल शुरु भएको हो । आजको बैठकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समेत सहभागी थिए ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ७ : ५५ बजे

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।