विश्वमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४३ लाख नाघ्यो « Khabarhub

विश्वमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४३ लाख नाघ्यो


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ९०८ जनाको मृत्यु भएसँगै सोमबार बिहानसम्म ज्यान गुमाउने संक्रमितको संख्या ४३ लाख ६ हजार ९०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ६९ हजार ९४२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको २० करोड ३४ लाख ४ हजार ४३४ पुगेको छ ।

यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ३ लाख ९५ हजार ९९६ छ ।  पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १८ करोड २७ लाख  ३ हजारभन्दा बढी छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ६३ लाख ९४ हजार ४०७ छ । यसमध्ये ९८ हजार ८९७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि समान वितरण हुन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ७ : १० बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक