विश्वमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४३ लाख नाघ्यो « Khabarhub

विश्वमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४३ लाख नाघ्यो


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ९०८ जनाको मृत्यु भएसँगै सोमबार बिहानसम्म ज्यान गुमाउने संक्रमितको संख्या ४३ लाख ६ हजार ९०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ६९ हजार ९४२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको २० करोड ३४ लाख ४ हजार ४३४ पुगेको छ ।

यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ३ लाख ९५ हजार ९९६ छ ।  पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १८ करोड २७ लाख  ३ हजारभन्दा बढी छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ६३ लाख ९४ हजार ४०७ छ । यसमध्ये ९८ हजार ८९७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि समान वितरण हुन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ७ : १० बजे

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,