कांग्रेसलाई देउवाले भीख माग्ने अवस्थामा पुर्‍याए : वरिष्ठ नेता पौडेल « Khabarhub

कांग्रेसलाई देउवाले भीख माग्ने अवस्थामा पुर्‍याए : वरिष्ठ नेता पौडेल


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामाथि आक्रोश पोखेका छन् ।

पार्टी विधानले तोकेको चार वर्ष र असाधारण परिस्थिति भनेर थपिने एक वर्षमा पनि महाधिवेशन नगरेका देउवाले संविधानलाई समातेर थपेको ६ महिनामा पनि  महाधिवेशन गर्न नखोजिएको भन्दै  देउवाको चर्को आलोचना गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा सोमबार बिहान स्टाटस लेख्दै पौडेलले संविधानको व्यवस्थालाई टेकेर भदौमा गर्ने भनिएकोमा फेरि पनि मिति सारेर कांग्रेसलाई देउवाले निर्वाचन आयोगसँग भीख माग्ने अवस्थामा पुर्‍याएको जनाएका छन् ।

‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइएको छ,’  पौडेलले लेखेका छन्, ‘यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ ? यो देशकै विडम्बना हो। सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छन् ।’

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ८ : २५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज