सानीमा लाइफ इन्स्योरेन्सको आइपिओमा २४ लाखभन्दा बढीको आवेदन « Khabarhub

सानीमा लाइफ इन्स्योरेन्सको आइपिओमा २४ लाखभन्दा बढीको आवेदन


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् ।

साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका हुन् ।

रु तीन अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको तीन करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । उक्त कम्पनीकानुसार मागको तुलनामा ६ दशमलव ८४ गुणा बढीको आवेदन परेको थियो ।

कम्पनीले निष्कासन गरेको शेयरमध्ये तीन लाख कित्ता कर्मचारीलाई र अर्को तीन लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षण गरी बाँकीे ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

मागभन्दा बढीको आवेदन परेकाले कम्पनीको आइपिओ गोलाप्रथाबाट बाँडफाँड गरिने जनाइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ८ : ०१ बजे

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब