वडासचिवहरुको आन्दोलनले नगराइन नगरपालिकाको कामकाज ठप्प « Khabarhub

वडासचिवहरुको आन्दोलनले नगराइन नगरपालिकाको कामकाज ठप्प


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको नगराइन नगरपालिकाको कामकाज १४ दिनदेखि ठप्प भएको छ । वडासचिवहरुले गरेको आन्दोलनका कारण पालिकाको कामकाज ठप्प भएको हो ।

गत साउन ११ गते नगराइन नगरपालिका ५ गंगुलीका वडा सचिव सुबोध झामाथि कार्यालयमै हातपात तथा दुर्व्यवहार भएपछि दोषीमाथि कारबाहीको माग राख्दै उनीहरु आन्दोलित भएका हुन् ।

सचिव झामाथि आक्रमण गर्ने गंगुलीका राधेश्याम झा, भवन झा, आलोक कुमार झा लगायतका व्यक्तिहरूलाई पक्राउ गरी कारबाहीको उनीहरुले माग राखेका छन् ।

घटनालगतै जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालयमा उजुरी दिँदा समेत उनीहरुलाई पक्राउ नगरिएको वडा सचिव धर्मेन्द्र मिश्रले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय धनुषाले १२ साउनमै आक्रमण गर्नेहरुलाई पक्राउ गरी कारबाही गर्न पत्र लेखेको थियो। तर, हालसम्म उनीहरु पक्राउ नपरेपछि वडासचिवहरु आन्दोलन जारी राखेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले सचिवमाथि आक्रमण गर्नेहरुको खोजी भइरहेको बताए।

‘उनीहरुको खोजी भइरहेको छ । म केही दिनअघि मात्रै धनुषा आएकाले यो घटनाको विषयमा बुझ्दै छु,’ बस्नेतले भने, ‘घटनामा संलग्नहरुको खोजतलास जारी छ । दोषीमाथि कारबाही हुन्छ ।’

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ५ : १५ बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने