वडासचिवहरुको आन्दोलनले नगराइन नगरपालिकाको कामकाज ठप्प « Khabarhub

वडासचिवहरुको आन्दोलनले नगराइन नगरपालिकाको कामकाज ठप्प


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको नगराइन नगरपालिकाको कामकाज १४ दिनदेखि ठप्प भएको छ । वडासचिवहरुले गरेको आन्दोलनका कारण पालिकाको कामकाज ठप्प भएको हो ।

गत साउन ११ गते नगराइन नगरपालिका ५ गंगुलीका वडा सचिव सुबोध झामाथि कार्यालयमै हातपात तथा दुर्व्यवहार भएपछि दोषीमाथि कारबाहीको माग राख्दै उनीहरु आन्दोलित भएका हुन् ।

सचिव झामाथि आक्रमण गर्ने गंगुलीका राधेश्याम झा, भवन झा, आलोक कुमार झा लगायतका व्यक्तिहरूलाई पक्राउ गरी कारबाहीको उनीहरुले माग राखेका छन् ।

घटनालगतै जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालयमा उजुरी दिँदा समेत उनीहरुलाई पक्राउ नगरिएको वडा सचिव धर्मेन्द्र मिश्रले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय धनुषाले १२ साउनमै आक्रमण गर्नेहरुलाई पक्राउ गरी कारबाही गर्न पत्र लेखेको थियो। तर, हालसम्म उनीहरु पक्राउ नपरेपछि वडासचिवहरु आन्दोलन जारी राखेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले सचिवमाथि आक्रमण गर्नेहरुको खोजी भइरहेको बताए।

‘उनीहरुको खोजी भइरहेको छ । म केही दिनअघि मात्रै धनुषा आएकाले यो घटनाको विषयमा बुझ्दै छु,’ बस्नेतले भने, ‘घटनामा संलग्नहरुको खोजतलास जारी छ । दोषीमाथि कारबाही हुन्छ ।’

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ५ : १५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना