एमसीसीबारे ओलीले भने : बोल्नुपर्ने विषयमा सरकार किन मौन ? « Khabarhub

एमसीसीबारे ओलीले भने : बोल्नुपर्ने विषयमा सरकार किन मौन ?


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा अहिले सरकार बोल्नुपर्ने विषयमा मौन किन बसेको भन्दै प्रश्न गरेका छन् ।

सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा उनले सो कुरा बताएको नेता विष्णु रिजालले सामाजिक सञ्जालमार्फत जनाएका हुन् ।

ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा शब्दजालबाहेक केही नभएको समेत बताएको उनले जानकारी दिएका छन् । वर्तमान सरकार बोल्नुपर्ने विषयमा मौन रहेको समेत अध्यक्ष ओलीले बताएको उनले जनाएका छन् ।

अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो हामी सरकारमा हुञ्जेल एमसीसीका बारेमा होहल्ला गर्थे । सरकारको न्यूनतम साझा कार्यक्रममा शब्दजालबाहेक केही छैन, बोल्नुपर्ने विषयमा मौन छ । एमसीसीका बारेमा त्यसमा एक शब्द पनि छैन ।’

नेता रिजालले अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै निम्नानुसार ४ वटा बुँदा सामाजिक सञ्जालमा उल्लेख गरेका छन्-

१. परमादेशबाट बनेको सरकारको न्यूनतम साझा कार्यक्रम हेर्दा शब्दजाल बाहेक केही छैन । बोल्नुपर्ने विषयमा मौन छ । एमसीसीका बारेमा त्यसमा एक शब्द पनि छैन ।

२. हिजो हामी सरकारमा हुञ्जेल एमसीसीका बारेमा उनीहरु होहल्ला गर्थे । अहिले ती ‘क्रान्तिकारी’हरु सरकारमा भएको बेलामा सीधै एमसीसी खारेज गर्छौं भन्न सक्नुपथ्र्यो नि त !

३. एमसीसी ससद्मा छ । पास गर्ने कि फेल गर्ने भन्नेबारेमा कथित साझा कार्यक्रममा एक शब्द छैन । एमसीसी के हो ? यस सरकारसँग कुनै दृष्किोण नै छैन ।

४. एमसीसीका बारेमा जसले वार्ता गर्यो, जसले सम्झौता गर्यो- उहाँहरु अहिले सरकारमा हुनुहुन्छ । एमसीसी पारित हुन १३६ मत चाहिन्छ, उहाँहरुसँग १६५ मत छ । हामीसँग कसैले केही कुरै गरेको छैन । त्यसैले हामीले त्यसमा सहभागी हुनुपर्ने वा नपर्ने भन्ने प्रश्नै छैन ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १० : २३ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित