खाल्डोमा पुरिएर कुवेतमा दुई नेपालीको मृत्यु « Khabarhub

खाल्डोमा पुरिएर कुवेतमा दुई नेपालीको मृत्यु


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा बालुवा र ग्राभेलको थुप्रोमुनि पुरिएर दुई नेपाली श्रमिकको मृत्यु भएको छ ।

बुधबार साँझ ६ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल-२ को निर्माण स्थलमा व्यस्त कामदारहरूमाथि बालुवा र ग्राभेलको थुप्रोले पुरिएर दुई नेपालीले ज्यान गुमाएका छन् । अर्का एक नेपालीको उद्धार गरिएको त्यहाँको फायर फोर्स विभागले जनाएको छ ।

कुवेती फायर फोर्सका अनुसार झन्डै चार घण्टादेखि चलेको उद्धारपछि फायर फाइटर टिमले ६ मिटर गहिरो खाल्डोमा परी मृत्यु भएका दुई जनाको शव र एक जनालाई सकुशल उद्धार गरिएको जनाएको छ । घाइते तथा मृतकको परिचय खुलाइएको छैन ।

घटनालगत्तै त्यहाँका सार्वजनिक निर्माण मन्त्री र सूचना तथा संचार राज्यमन्त्री राना अल फारिस घटनास्थल पुगेका थिए ।

गत वर्ष पनि कुवेतको अल मुत्ला क्षेत्रमा निर्माणस्थलमा बालुवाको ढिस्को खस्दा ४ जना नेपाली कामदारको मृत्यु भएको भएको थियो ।

तस्वीर : आइमान माट

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ६ : २५ बजे

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण