जनतालाई झुक्याएर एमसीसी सम्झौता अनुमोदन गराउने षडयन्त्र भयो : रावल | Khabarhub Khabarhub

जनतालाई झुक्याएर एमसीसी सम्झौता अनुमोदन गराउने षडयन्त्र भयो : रावल


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले नेता भीम रावलले जनतलाई झुक्याएर एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्र भएको दाबी गरेका छन् ।

एमसीसी परियोजनाबाट नेपाल सरकारको प्रश्न र मुख्यालयले पठाएको जवाफ जनतालाई झुक्याउने षड्यन्त्रको उपज मात्रै भएको उनको दाबी छ ।

एमसीसीको मुख्यालयले एमसीसी परियोजना नेपालको संविधान र सार्वभौमिकताभन्दा माथि नरहेको तथा सम्झौता भइसकेको परियोजना संसोधन पनि हुन नसक्ने जवाफ पठाएको केहीबेरपछि रावलले सामाजिक सञ्चालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

एमसीसीमा राखिएका कतिपय प्राबधानको सशक्त प्रतिवाद गर्दै आएका रावलले सरकारले एसीसीलाई लेखेको पत्र र त्यसको जवाफी पत्र दुबैले  सार्वभौमिकता र देशको स्वाधिनतामा विपरीत भएका सम्झौतालाई सम्बोधन गर्ने दाबी गरेका छन्।

‘नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो। यी दुबै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्रकै उपज हुन्।यी दुबै पत्रले नेपालको सार्वभौमिकता,स्वाधीनता, सुरक्षा, हित, संविधान र कानून विपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन गर्दैन’, रावलले ट्वीटरमा भनेका छन् ।

 

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ७ : ५५ बजे

सात वर्ष पुरानो विवाद : कार्डी बी निर्दोष साबित

काठमाडौं – हलिउडकी पप आइकन कार्डी बी सात वर्षदेखि तानिएको

बागलुङका किसानले गराए ७०५ पशुको बिमा

गलकोट– दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बिमा

बत्तीस लाखमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

दमौली– भिमाद नगरपालिका–१ डुम्रीबेँसीमा ३२ लाख ४५ हजारको लागतमा चारकोठे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मनाङमा कात्तिक १७ मा उप-निवार्चन हुने

मनाङ– हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा