जनतालाई झुक्याएर एमसीसी सम्झौता अनुमोदन गराउने षडयन्त्र भयो : रावल « Khabarhub

जनतालाई झुक्याएर एमसीसी सम्झौता अनुमोदन गराउने षडयन्त्र भयो : रावल


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले नेता भीम रावलले जनतलाई झुक्याएर एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्र भएको दाबी गरेका छन् ।

एमसीसी परियोजनाबाट नेपाल सरकारको प्रश्न र मुख्यालयले पठाएको जवाफ जनतालाई झुक्याउने षड्यन्त्रको उपज मात्रै भएको उनको दाबी छ ।

एमसीसीको मुख्यालयले एमसीसी परियोजना नेपालको संविधान र सार्वभौमिकताभन्दा माथि नरहेको तथा सम्झौता भइसकेको परियोजना संसोधन पनि हुन नसक्ने जवाफ पठाएको केहीबेरपछि रावलले सामाजिक सञ्चालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

एमसीसीमा राखिएका कतिपय प्राबधानको सशक्त प्रतिवाद गर्दै आएका रावलले सरकारले एसीसीलाई लेखेको पत्र र त्यसको जवाफी पत्र दुबैले  सार्वभौमिकता र देशको स्वाधिनतामा विपरीत भएका सम्झौतालाई सम्बोधन गर्ने दाबी गरेका छन्।

‘नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो। यी दुबै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्रकै उपज हुन्।यी दुबै पत्रले नेपालको सार्वभौमिकता,स्वाधीनता, सुरक्षा, हित, संविधान र कानून विपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन गर्दैन’, रावलले ट्वीटरमा भनेका छन् ।

 

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ७ : ५५ बजे

स्याफ्रुबेँसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण सुरु, रसुवागढी सडक सञ्जाल जोडिने

रसुवा– चीनसँगको उत्तरी नाका जोड्ने स्याफ्रुबेसीमा बेलिब्रिज जडानका लागि फाउन्डेसन

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी