संखुवासभा हत्या काण्ड : ६ जनाको इटहरीमा सामूहिक अन्त्येष्टी « Khabarhub

संखुवासभा हत्या काण्ड : ६ जनाको इटहरीमा सामूहिक अन्त्येष्टी


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डका ६ जनाको  सुनसरीको इटहरीमा दाहसंस्कार गरिएको छ ।

इटहरीस्थित गंगाजमुना घाटमा बुधबार साँझ एकै परिवारका ६ जनाको सामूहिक अन्त्येष्टी गरिएको हो । त्यसअघि शवको धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पोस्टमार्टम गरिएको थियो ।

अन्त्येष्टिका लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मंगलबार धरान पुगेका थिए ।

तेजबहादुर कार्की र उनकी श्रीमती कमला कार्कीको एउटै चितामा राखेर अन्त्येष्टि गरिएको छ । तेजबहादुरकी जेठी बुहारी रञ्जना कार्की, नाती ११ वर्षीय दीपेन कार्की, नातिनी सात वर्षीया गोमा कार्कीको शव एउटै चितामा राखेर अन्त्येष्टि गरिएको थियो । तेजबहादुरकी आमा पार्वती कार्कीलाई छुट्टै चितामा राखिएको थियो ।

संखुवासभाको मादी नगरपालिका १ खोला गाउँको उम्लिङमा सोमबार एकै परिवारका ६ जनाको हत्या भएको थियो । घटनाको अनुसन्धान संघीय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहालसहितको टोलीले गरिरहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ६ : ५९ बजे

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत

पहिरोले धापाखेलमा साढे दुईतले घर ढल्यो

ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान

लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा