कांग्रेस महाधिवेशन : ५६ जिल्लामा वडा अधिवेशन सकिँदा २१ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगिएन « Khabarhub

कांग्रेस महाधिवेशन : ५६ जिल्लामा वडा अधिवेशन सकिँदा २१ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगिएन

२७ भदौमा स्थानीय तहको अधिवेशन नहुने 


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेसको क्रियाशील सदस्यता विवाद नटुंगिएपछि २१ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । केन्द्रीय निर्वाचन समितिले मतदाता नामावली प्रकाश गर्न न सकेपछि ती जिल्लामा निर्वाचन अधिकृत पनि खटाएको छैन । यही भदौ २३ सम्म वडा अधिवेशन सक्नुपर्ने कार्यतालिका भए पनि सो समय सीमामा २१ जिल्लामा वडा अधिवेशन सुरु नै हुन सकेन ।

राजधानी काठमाडौंलगायत २० जिल्लाको कियाशील सदस्यताको किचलो नटुंगिएपछि निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो । पार्टी सभापति शेरबहादुर देउवाको जिल्ला डडेलधुरासहित २१ जिल्लामा बिहीबारसम्म वडा अधिवेशन नै सुरु हुन सकेको छैन । डडेलधुरामा क्रियाशील सदस्यता विवाद टुंग्याएर निर्वाचन समितिले शुक्रबार वडा अधिवेशनको मिति तोके पनि जिल्ला कार्यसमितिले भने सदस्यतामा असन्तुष्टि जनाउँदै अधिवेशन नगर्ने निर्णय गरेको छ ।

२० जिल्लाको क्रियाशील सदस्यता विवाद बिहीबारसम्म नटुंगिएकाले २७ भदौमा तोकिएको स्थानीय तह अधिवेशनको तालिका प्रभावित हुने कांग्रेसले जनाएको छ । क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले २७ गतेको पालिका अधिवेशनको तालिका प्रभावित हुने बताए ।

‘२१ जिल्लाको वडा अधिवेशन नै सुरु भएको छैन, त्यसैले स्थानीय तह अधिवेशन २७ गते सम्भव छैन,’ लेखकले भने, ‘सबै जिल्लामा वडा अधिवेशन सम्पन्न भएपछि मात्रै स्थानीय तह अधिवेशन गर्नेकी भन्ने कुरा उठेको छ ।’ त्यस विषयमा नेताहरूसँग बिहीबार छलफल भएर निर्णय हुने उनले बताए ।

सबै जिल्लाको वडा अधिवेशन सकेपछि देशभर स्थानीय तहको अधिवेशन एकै दिन गर्ने विषयमा पार्टीमा कुरा चलेको लेखकले बताए ।

स्थानीय तहको अधिवेशनको मिति पर सारेर एकै मितिमा गर्ने निर्णय भएपछि वडा अधिवेशन सम्पन्न भएका ५६ जिल्लाको स्थानीय तह अधिवेशन पनि २७ गते नहुने देखिएको छ । निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले २० जिल्लामा सदस्यता विवाद नटुंगिएकाले २७ गते नै सबै स्थानीय तह अधिवेशन गर्न असम्भव भएको बताए ।

सदस्यता सार्वजनिक हुन बाँकी जिल्ला

क्रियाशील विवाद टुंगिन बाँकी स्थानहरूमा प्रदेश नम्बर १ को मोरङ, प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी छन् । बाग्मती प्रदेशतर्फ काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र काठमाडौँ क्रियाशील सदस्यता सार्वजनिक भएको छैन । यस्तै लुम्बिनी प्रदेशका बाँके, बर्दिया र कपिलवस्तु, कर्णाली प्रदेशको डोल्पा र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको बाजुरा र कैलाली जिल्लाको पनि सार्वजनिक गरिएको छैन ।

हालसम्म क्रियाशील सदस्यता विवाद नभएको प्रदेश गण्डकी रहेको छ । प्रदेश २ मा कुनै पनि जिल्लाको क्रियाशील विवाद टुंगिएको छैन । अधिवेशन सुरु हुन नसक्दा प्रदेश २ अधिवेशन शून्य प्रदेश बन्न पुगेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १२ : ०० बजे

रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

बङ्गलादेशको अखवार भवनमा आगलागी, २५ जना पत्रकारको उद्धार

ढाका- ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी

मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु

सिरहा– यहाँको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा

सञ्चारमन्त्रीले भने- निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् 

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चितताको बाटोबाट