महामन्त्रीको उम्मेदवार बन्ने विश्वप्रकाश शर्माको घोषणा « Khabarhub

महामन्त्रीको उम्मेदवार बन्ने विश्वप्रकाश शर्माको घोषणा


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर आसन्न १४औं महाधिवेशनका लागि उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

बीपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसरमा बिहीबार बीपी संग्रहालयले आयोजना गरेको कार्यक्रममार्फत शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै युवा नेताको नेतृत्वमा कांग्रेसलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने उद्घोष गरे ।

आगामी ९ देखि १३ मंसिरमा कांग्रेसको १४औं महाधिवेशन गर्दैछ । कांग्रेस नेता युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यस्तै, अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । क्रियाशील सदस्यता विवाद टुंगो लागेपछि औपचारिक रूपमा घोषणा गर्ने बताएका छन् ।

उम्मेदवारी घोषणा नगरे पनि डा. मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, डां प्रकाशसरण महतलगायतको पनि महामन्त्रीमा चर्चा छ । आगामी मंसिर ९ देखि १३ सम्म कांग्रेस महाधिवेशन हुँदैछ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १ : २० बजे

राष्ट्रिय पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज

काठमाडौं– नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्यांकन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम– मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज