एमसीसीका उपाध्यक्ष आएसँगै दलहरु दबाबमा (भिडियो सहित) « Khabarhub

एमसीसीका उपाध्यक्ष आएसँगै दलहरु दबाबमा (भिडियो सहित)


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चार दिने नेपाल भ्रमणका लागि अमेरिकन सहयोग मिलिनियम च्याालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातेमा सुमार काठमाडौँ आएसँगै राजनीतिक दलहरू दबाबमा परेका छन् ।

उपाध्यक्ष फातेमाले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवालाई शुक्रबार फातिमाले भेट्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए ।

बिहीबार दिउँसो २ बजे बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेट्ने कार्यक्रम छ । बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले एमसीसीबारे अहिले धारणा बनाउने बताएका थिए । फातेमाले ओलीलाई बिहीबार दिउँसो २ बजे भेट्ने उनका प्रेस संयोजक रामकृष्ण बजगाईंले जनाएका छन् ।

फातेमासँग भेट्नु अघि बिहीबार सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार अपरान्ह भेटवार्ता हुने भएको छ । ‘उहाँहरूबीच आज अपरान्ह छलफल हुने तयारी छ । समय तय भइसकेको छैन’, प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने ।

यता सत्तारुढ दलहरूमध्ये कांग्रेसले एमसीसी पारित गर्नुपर्ने खुलस्त रुपमा बताइसकेको छ। प्रधानमन्त्री देउवाले एमसीसी पास गर्नुपर्ने भन्दै सबै दलका शीर्ष नेताहरुलाई सहयोग गर्न आग्रह गर्दै आएका छन्।

बुधबार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशलाई अहित नहुने गरी एमसीसीबारे निर्णय लिनुपर्ने बताए थिए । सत्तारुढ दलहरुबीच नै एमसीसीबारे फरक फरक विचार रहेकाले समान धारणा बनाउन बिहीबार बैठक बस्न लागेको हो ।

एमसीसीबारे राजनीतिक दलहरूबीच नै मतभेद छ । कांग्रेस एमसीसी पारित गर्ने पक्षमा छ भने माओवादी यथास्थितिमा पारित गर्न नहुने निष्कर्षमा छ । तर, यही बेला एमसीसी उपाध्यक्ष फातेमाको नेपाल भ्रमणको अर्थ पूर्ण मानिएको छ । अमेरिका यही समयमा एमसीसी सम्झौतालाई नेपालको संसदबाट पारित गराउने पक्षमा रहेको छ र सोही कारण फातेमाको नेपाल भ्रमण गराइएको टिप्पणी भइरहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १२ : ०० बजे

नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक हुँदै

काठमाडौं– यामाहाले नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने

एक्सन दृश्य केन्द्रमा राखेर निखिलले सार्वजनिक गरे ‘आचार्य’को टिजर

काठमाडौं – नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचाय’को टिजर

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) मा

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं– काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा

पत्नीले बोलाएपछि पुगेका सेनाका अधिकारीले विद्यार्थीलाई कुटे, सरकारी पेस्तोलबाट गोली चलाए

पेशावर- पाकिस्तानको इस्लामाबादस्थित सरहद युनिभर्सिटीको रावत क्याम्पसमा विद्यार्थी प्रदर्शनका क्रममा