सरकारको धारणापछिमात्र आफ्नो धारणा दिने एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ (भिडियोसहित) « Khabarhub

सरकारको धारणापछिमात्र आफ्नो धारणा दिने एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ (भिडियोसहित)


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको ४ दिने भ्रमणका लागि बिहीबार काठमाडौँ आइपुगेको अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रतिनिधिमण्डल र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विहीबार नै भेटवार्ता भएको छ ।

एमसीसी उपाध्यक्ष फातेमा सुमार नेतृत्वको प्रतिनिधिमण्डल ओलीसँग छलफलका लागि ओली निवास बालकोट पुगेको थियो । बालकोटमा भएको २ घण्टा लामो छलफलमा एमाले अध्यक्ष ओलीले एमसीसी कम्प्याक्टबारे सरकारको धारणा आएपछिमात्र एमालेले धारणा बनाउने बताएका छन् । सो भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार एमसीसी प्रतिनिधिमण्डलसँगको छलफलमा ओलीले एमसीसी कम्प्याक्ट अनुमोदन गर्ने विषयमा सरकारले आफूसँग कुनै छलफल नगरेको जनाएका थिए । उनले आफू सरकारमा रहँदा अनुमोदनको प्रयास गरेको तर आफ्नै पार्टीका केही नेताहरुका कारण हुन नसकेको बताएका थिए । उनले सरकारले धारणा बनाएपछि एमालेले पनि आफ्नो धारणा बनाउने जवाफ एमसीसी प्रतिनिधिमण्डललाई दिएका हुन् ।

ओली प्रधानमन्त्री हुँदा एमसीसी कम्प्याक्ट अनुमोदनको प्रयास भएको थियो । तर तत्कालीन नेकपामा प्रचण्डलगायतका नेताहरुले कडा विरोध गरेका थिए । अहिले पनि एमसीसीको विरोधमा रहेका एमाले उपाध्यक्ष भीम रावल ओलीसँगै छन् ।

हेरौँ भिडियो

सरकारबाट हटेपछि ओलीले एमसीसीबारे आफ्नो पूर्व अडान परिवर्तन गरेका छन् । उनले देउवा सरकारसँग बहुमत छ अनुमोदन गरे भैगो नि भन्ने गरेका छन् ।

नेपालमा रहँदा एमसीसी प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरुसँग भेट्ने छ । पहिलो भेट एमाले अध्यक्ष ओलीसँग गरेको हो ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ४ : ३६ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको