बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको संघर्षपूर्ण जित (भिडियोसहित) « Khabarhub

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको संघर्षपूर्ण जित (भिडियोसहित)


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोलीले संघर्षपूर्ण जित हात पारेको छ । विहीबार भएको खेलमा बंगलादेशविरुद्ध नेपाल २-१ गोल अन्तरले विजयी भएको हो ।

नेपाली स्टार खेलाडी सविता भण्डारीविना नै पहिलो पटक दशरथ रंगशालामा उत्रिएको टोलीले बंगलादेशविरुद्ध औषध प्रदर्शन गर्‍यो । नेपालको जितका लागि राष्ट्रिय टोलीमा डेब्यु गरेका सविता राना मगर र प्रीति राईले १-१ गोल गरेका हुन् ।

खेलको १४ औँ मिनेटमा गोल गर्दै सविताले नेपाललाई अग्रता दिलाइन् । उनले पुजा रानाको क्रसमा हेड गोल गरिन् । त्यस्तै खेलको २४ औँ मिनेटमा प्रिती राईले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी थिइन् । सरु लिम्बुको पासमा प्रितीले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएकी हुन् ।

हेरौँ भिडियो

पहिलो हाफ सकिँदासम्म बंगलादेशले पनि केही गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन । बंगलादेशविरुद्ध नेपाली खेलाडी हाबी देखिएका थिए । तर, दोस्रो हाफको ८३ औँ मिनेटमा परिवर्तित खेलाडी तोहोरा खातुनले जवाफी गोल गर्दै २-१ को स्थितिमा पुर्‍याएकी थिइन् ।

यसपछि पनि दुबै टोलीका खेलाडीले गोल गर्ने अवसर प्राप्त गरे पनि बललाई जाली चुमाउन सकेनन् ।

आजको खेलमा मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले सविता र प्रीतिलाई डेब्यू गराएका थिए । डेब्यु खेलमै उनीहरुले दुबै जनाले उत्कृष्ट प्रदर्शन गरे ।

भारतमा आयोजना हुने एएफसी महिला एसिया कप–२०२२ छनोटको तयारीस्वरुप नेपाल र बंगलादेश महिला फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेलेको हो । दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ६ : ५३ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका