स्वास्थ्य आपतकालका लागि सबै देश तयारी अवस्थामा रहनुपर्छ : डब्लूएचओ | Khabarhub Khabarhub

स्वास्थ्य आपतकालका लागि सबै देश तयारी अवस्थामा रहनुपर्छ : डब्लूएचओ


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूलाई भविष्यमा आउन सक्ने स्वास्थ्य आपतकालका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

हाल जारी कोभिड–१९ महामारी जस्तै भविष्यमा आउन सक्ने स्वास्थ्य आपतकालका लागि सधै तयारी अवस्थामा रहन डब्लूएचओको आग्रह छ ।

नेपालमा जारी ७४औं बैठकमा सहभागी राष्ट्रका स्वास्थ्यमन्त्रीले भविष्यमा कोभिड–१९ महामारी जस्तै आपतकालीन महामारी आउनसक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य प्रणालीलाई थप सबल बनाउनुपर्ने निष्कर्ष निकालेका हुन् ।

क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले कोभिड–१९ महामारीले विश्व स्वास्थ्यमा अभूतपूर्व चुनौत ल्याएको बताएका छन् । विश्वका कुनै पनि देश कोभिड–१९ जस्ता रोगको आपतकालिन सामना गर्न तयार नरहेको अहिलेको स्वास्थ्य प्रणालीले देखाएको उनले बताए ।

आपतकालिन जोखिम व्यवस्थापनको सवलिकरण सन् २०१४ देखि यसक्षेत्रको लागि सबैभन्दा उच्च प्राथमिकताको कार्यक्रमको रूपमा रहँदै आएको छ ।

‘राष्ट्रहरूले संक्रमणको फैलावट रोक्न र जीवन बचाउनका लागि विद्यमान प्रमुख क्षमताहरूको पूर्ण उपयोग गरेका छन् । महामारीले निम्त्याएका अभूतपूर्व चुनौतीहरूको सामना गर्ने प्रयास पनि गरेका छन्,’ उनले भने । स्वास्थ्य सुरक्षा प्रणालीका गम्भीर कमी, कमजोरीलाई सम्बोधन गर्नु अहिलेको प्रथम आवश्यकता रहेको उनले बताए ।

बैठकमा सदस्य राष्ट्रहरूले आपतकालीन शासन संरचना तथा जनशक्ति, निगरानी तथा चेतावनी संयन्त्र, प्रयोगशाला, आपूर्ति व्यवस्थापन प्रणाली, स्वास्थ्य स्याहार प्रणालीको तत्परता तथा जोखिम सञ्चार तथा सामुदायिक संलग्नतालगायत तयारी प्रक्रियाका विभिन्न पक्षमा समेत छलफल गरेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १२ : ०१ बजे

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं–  धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन्। सोमबार

अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही

काठमाडौं – अपुष्ट र भ्रमपूर्ण सामग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण  

राजविराज – केही वर्ष अघिसम्म सरकारी विद्यालय भन्ने बित्तिकै विद्यार्थी

अस्पताल थप्ने भन्दा भएकालाई राम्रोसँग चलाऔं : स्वास्थ्यमन्त्री

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रथम त्रैमासिकको समीक्षा तथा

अर्थसंक्षेप : नेप्सेमा दोहोरो अंकको वृद्धि, सुनको मूल्य एकैदिन १६ हजारले घट्यो

काठमाडौं– नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा भारी गिरावट