दिल्लीमा खोप नलगाएका कर्मचारीले कार्यालयमा प्रवेश नपाउने « Khabarhub

दिल्लीमा खोप नलगाएका कर्मचारीले कार्यालयमा प्रवेश नपाउने


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले सबै सरकारी कर्मचारीहरूले कोभिड–१९ को खोप नलगाए कार्यालय प्रवेश नपाउने बताएको छ ।

संघीय सरकारद्वारा खोप लगाउन निर्धारित दिशानिर्देशमा अक्टोबर १५ सम्म कोभिड–१९ खोपको कम्तीमा पहिलो मात्रा लिन आदेश जारी गरेको थियो ।

डीडीएमएद्वारा जारी वक्तव्यमा लेखिएको छ, ‘विभिन्न विभागमा कार्यरत सबै सरकारी कर्मचारीले कात्तिक १५ गतेसम्म कोभिड–१९ खोपको कम्तीमा पहिलो मात्रा खोप लगाउनु पर्नेछ ।’

सरकारले तोकेको खोप निर्देशिकाअनुसार कात्तिक १५ गतेसम्म खोप लगाउनुपर्नेछ ।

‘यदि सरकारी कर्मचारीहरूलाई अक्टोबर १५ सम्ममा कोभिड–१९ खोपको कम्तीमा पनि पहिलो मात्रा दिइएको छैन भने अक्टोबर १६ देखि उनीहरूलाई आ–आफ्नो कार्यालयमा उपस्थित हुन अनुमति दिइने छैन,’ वक्तब्यमा भनिएको छ ।

यसैबीच, भारतको संघीय राजधानीसमेत रहेको दिल्ली राज्यमा अहिलेसम्म एक करोड ८७ लाख मानिसलाई कोभिड–१९ खोप लगाइएको राज्य सरकारले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ६ : ४५ बजे

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल