१०८ घरमा ‘एक घर–एक धारा’ जडान | Khabarhub Khabarhub

१०८ घरमा ‘एक घर–एक धारा’ जडान


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जाका १०८ घरमा एक घर एक धारा जडान गरिएको छ । लामो समयदेखि खानेपानीको समस्यामा गुजारा चलाइरहेका वालिङ–५ मजकोटमा बोहोरीखोला मजकोट लिफ्टिङ खानेपानी योजनामार्फत घर घरमा पानी पुगेको हो ।

विभिन्न चरणमा वालिङ नगरपालिकाबाट विनियोजन भएको रु ५० लाखको लागतमा योजना सम्पन्न गरी प्रत्येक घरमा धारा जडान गरी खानेपानी वितरण गरिएको वालिङ नगरपालिकाका इञ्जिनियर दीपेन्द्र मल्लले जानकारी दिए ।

इञ्जिनियर मल्लका अनुसार गाउँभन्दा तल रहेको बोहोरीखोला मुलबाट पानी तानेर मजकोटमा ल्याइएको र त्यहाँ ४० हजार लिटरको ट्याङ्कीमा पानी सङ्कलन गरी वितरण गरिएको छ । ‘बोहोरीखोला मुलबाट २८० मिटर ‘भर्टिकल हाइट’ मा सोलारमार्फत पानी लिफ्टिङ गरिएको छ’, इञ्जिनियर मल्लले भने, ‘३२० वाटका ३२ वटा सोलार प्यानलको प्रयोग गरी पानी तानिएको हो, सोलारको महशुल विद्युतभन्दा कम पर्ने देखिएको छ ।’

एक गाग्री पानीका लागि एकदेखि डेढघण्टा समय खर्चनुपर्ने अवस्था रहेकोमा योजनामार्फत गाउँमा पानी आए पछि निकै सहज भएको बोहोरीखोला लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष फणीन्द्र थापाले बताए । ‘एक गाग्री पानीका लागि प्रत्येक घरले एकदेखि डेढघण्टा समय छुट्टयाउनुपर्थ्यो’, अध्यक्ष थापाले भने, ‘वालिङ नगरपालिकाको पहलमा अहिले गाउँका प्रत्येक घर–घरमा खानेपानीको धारा जडान गरेका छौँ, पानीको निकै सहज भएको छ ।’

खोल्सा खोल्सीमा गएर पालो कुरेर खानेपानी ल्याउनुपर्ने बाध्यता हटेको छ भने पानी बोक्दा बोक्दै थकाइ लाग्ने अवस्था अब नरहने अध्यक्ष थापा बताउँछन् । प्रत्येक घरमा मिटर जडान गरिएको छ । पानी खोल्न, बन्द गर्न तथा मर्मतकालागि दुई जना कर्मचारी राखिएको अध्यक्ष थापाले जानकारी दिए । ‘पानीको जोहो गर्नका लागि चिन्तित हुने यहाँका गाउँले अहिले घर–घरमा धारा जडान भएसँगै समयको वचत भएको छ’, अध्यक्ष थापाले भने, ‘पानीको जोहो गर्नमै व्यस्त र चिन्तित हुनेहरु अहिले खुशी र हर्षित देखिएका छन् ।’

वालिङ नगरपालिकाले खानीपानीका समस्या भएका बस्तीमा शुद्ध खानेपानी पुर्‍याउने लक्ष्यसहित योजना अगाडि बढाएको छ । नगरपालिकाले गत आव २०७७/०७८ मा खानेपानीमा रु ५६ लाख ५५ हजार ५७४, आव २०७६/०७७ मा रु ८४ लाख ७० हजार ५६४, आव २०७५/०७६ मा रु दुई करोड सात लाख चार हजार ६८९ विनियोजन गरेको थियो । प्रदेश, केन्द्र सरकार र अन्य सहयोगी सङ्घ संस्थाको पहलमा नगरका १४ वटै वडामा खानेपानीका योजना अगाडि बढाइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  १२ : १२ बजे

गुणस्तरीय शिक्षाका लागि गरिएको लगानीले वर्षौँपछि प्रतिफल दिन्छ  : एनपी साउद

कञ्चनपुर– नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले गुणस्तरीय शिक्षाका

सवारी कारबाहीबाट चार करोड ४१ लाख राजस्व संकलन

कैलाली– नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले

खानेपानी उपभोक्तालाई एक करोड २९ लाख विद्युत् महसुलमा अनुदान

तनहुँ– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुरका १२९

‘पूर्वराष्ट्रपति राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्छ’

भादगाउँ– नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन