नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि… « Khabarhub

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित नागरिक आवास कार्यक्रमका लागि आफैँ बजेट विनियोजन गरी शुत्रबारबाट रकम वितरण गर्न थालेको छ । पालिकाले विशेष अधिवेशनबाट एक करोड ५५ लाख २५ हजार रकम विनियोजन गरेको थियो ।

पालिकाले केन्द्रीय सरकार अन्तर्गत सघन सहरी विकास कार्यक्रम मार्फत विनियोजन हुनुपर्ने बजेट हालसम्म निकासा नभएपछि पालिका आफैँले स्रोत सुनिश्चित गरेको हो । पालिकाले सुरक्षित नागरिक आवाश व्यवस्थित ऐन २०८२ निर्माण गरेर श्रोत सुनिश्चितता गरेको थियो ।

फुसको छानो हटाउने कार्यक्रममा पालिकाका ८७१ घरधुरी छनौट भएका थिए । जसमध्ये ७४२ घरधुरीले सम्झौता गरेकोमा ६०१ घरधुरीले जस्ता पाता फेरेपनि ३०१ घरधुरीले मात्र हालसम्म भुक्तानी लिएका छन् ।

गाउँपालिका अध्यक्ष थामबहादुर राईले ३०० घरधुरीले भुक्तानी लिन बाँकी रहेको र १४१ घरधुरीले बजेट अभावका कारण छाना फेर्न नसकेको बताए ।

भुक्तानी लिन बाँकी रहेका ३०० घरधुरीमध्ये २०७ घर धुरीको भुक्तानीका लागि एक करोड ५५ लाख २५ हजार बजेट सुनिश्चित गरिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।

अध्यक्ष राईले भने, ‘सङ्घीय सरकारले आफूले गरेको निर्णय आफैँले कार्यान्वयन नगर्दा आज धेरै वटा स्थानीय सरकार आलोचित बन्नु परेको छ भने अर्कोतिर नागरिकले सास्ती व्यहोर्नु परेको छ । स्थानीय सरकारले नागरिकको समस्या मध्यनजर गर्दै पालिकाले नै स्रोत सुनिश्चित गरेका छौँ । पछि सङ्घीय सकारले बजेट निकास गरेको खण्डमा स्थानीय सरकारको आम्दानी जोड्ने छौँ ।’

भोजपुरलगायत अन्य धेरै स्थानीय तहमा फुसको छानो हटाउने कार्यक्रमको सङ्घीय सरकारको सहरी विकास मन्त्रालयबाट बजेट निकास हुन नसक्दा लाभग्राही मारमा पर्दै आइरहेका छन् । (रासस)

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ६ : ४४ बजे

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको