कमेडी फ्लेभरको ‘राधा पियारी’ « Khabarhub

कमेडी फ्लेभरको ‘राधा पियारी’


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संगीतकार वसन्त सापकोटा र गायिका मेलिना राईको स्वरमा रहेको ‘राधा पियारी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा अमेरिका निवासी गोपाल लोहारको शब्द तथा वसन्तकै संगीत छ ।

काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशनमा बनेको भिडियो राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा संगीत रोयल्टी संकलन समाजका अध्यक्ष तथा संगीतकार सुरेश अधिकारीले शुभाम्भ गरेका थिए । कार्यक्रममा गायक तथा संगीतकार वसन्त र मेलिनाले ‘राधा पियारी’ प्रत्यक्ष गाएका थिए ।

भिडियोमा मोडल सुधीर श्रेष्ठ र गरिमा शर्मा फिचर्ड छन् । गोलो प्रोडक्शनको प्रस्तुति रहेको ‘राधा पियारी’ युट्युव च्यानल गोलो प्रोडक्शनबाट दर्शकमाझ आएको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा सन्तोष राजबहाकको कोरियोग्राफी, विकास दाहालको सम्पादन र भीमा लोहारको प्रस्तुति छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ६ : ३० बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र